• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कोरोनामा कानुनी अडवड : अदालती व्याख्याबाटै बाधाअड्काउ फुकाउन ‘एमिकस क्यूरी’सहितको राय

64x64
दुर्गा दुलाल शुक्रबार, जेठ २, २०७७  १४:१९
1140x725

काठमाडौं– कोरोना भाइरसका कारण अन्य क्षेत्रजस्तै कानुन क्षेत्रमा पनि अडवड परेपछि सर्वोच्चले नेपाल बार एसोसियसन र सर्वोच्च बारसँग ‘एमिकस क्यूरी’ (अदालती सहयोग) माग गरेको थियो। उनीहरुले सर्वोच्चलाई आफ्नो लिखित राय बुझाएका छन्।

उक्त मुद्दा सोमबार पूर्ण इजलासले सुनुवाइ गर्दै छ। पाँच जना भन्दा बढि न्यायाधीश संलग्न हुने इजलासले देशभरका अदालतमा रहेका मुद्दामा परेको अडवड मिलाउने छ।

यसअघि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले कोरोना भाइरसको महामारीका कारण नयाँ विधिशास्त्र सिर्जना गर्नुपर्ने अवस्था आएको बताएका थिए। २००८ सालमा प्रधान न्यायालयबाट सर्वोच्च अदालत भएयताकै पहिलो पटक यस्तो महामारीलाई व्याख्या गर्न अदालत आफैंले बाधा अड्काउ फुकाउको मुद्दा दायर गर्नुपरेको थियो।

यसअघि राजनीतिक निकासका लागि बाधा अड्काउ फुकाउने गरिएको भएपनि यसपटक भने अदालतमा रहेका मुद्दा बचाउन बाधा अड्काउन प्रयोग गर्नुपरेको हो। प्रशासनिक निर्णयबाट पनि हदम्याद, म्याद वा तारेख गुज्रिए के गर्ने भन्ने अन्योल देखिएपछि सर्वोच्च अदालतकै मुद्दा तथा रिट महाशाखाले प्रतिवेदन तयार पारेर इजलासमा पेश गरेको थियो।

२३ वैशाखमा तयार पारिएको उक्त प्रतिवेदनमाथि २४ वैशाखमा सुनुवाइ गर्दै न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ र प्रकाशकुमार ढुंगानाको इजलासले नेपाल बार र महान्यायाधिवक्ताको कार्यालयबाट लिखित बहस नोट मगाउने, सर्वोच्च बार र नेपाल बारबाट एमिकस क्यूरी र मुद्दाको सुनुवाइका लागि पूर्ण इजलासमा पठाउने आदेश गरेको थियो।

सोही विवादमा अधिवक्ता टिकाराम भट्टराईले अलग्गै निवेदन दिएका छन्।

'सर्वोच्चको आदेशवाटै बाधा व्याख्या गर्न सकिन्छ'
नेपाल बार एसोसिएसन र सर्वोच्च बारका तर्फबाट वरिष्ठ अधिवक्ताद्वय हरिहर दाहाल र शम्भु थापालाई एमिकस क्यूरीको रुपमा तोकिएको छ। बारले पेश गरेको लिखित वहश नोटमा अहिलेको अवस्थामा सर्वोच्चको आदेशबाटै निकास दिन सुझाब दिइएको छ।

लकडाउनका कारण अन्योलमा भएका मुद्दामाथि सम्बोधन गर्न सर्वोच्च अदालतले बाधा अड्काउ फुकाउन आदेश जारी गर्नुपर्ने उनीहरुको सुझाब छ।

Ncell 2
Ncell 2
nimb
nimb

वरिष्ठ अधिवक्ता हरिहर दाहालले सबैको सल्लाहमा अहिलेको अवस्थामा अदालतको व्याख्याबाटै निकास निकाल्नुपर्ने राय पठाइएको बताए। अहिले सरकारको प्राथमिकता कानुन बनाउनेभन्दा बजेटमा केन्द्रित रहेको र केही दिन लकडाउन जारी रहने भएकाले कानुन बनाउनेभन्दा व्याख्या नै उपयुक्त हुने उनको तर्क छ। अध्यादेश समेत ल्याउन नसक्ने र कानुन बनाउन समय लाग्ने भएकाले यस्तो सुझाव दिइएको उनले बताए।

विभिन्न संहितामा भएका व्यवस्थालाई व्याख्या गरी सर्वोच्चले लकडाउन खुलेको ३० दिनभित्र मुद्दा दर्ता गरे हदम्याद नाघेको नमानिने भनी व्याख्या गर्नु उपयुक्त हुने भनी वहश नोट पठाइएको छ। बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले सर्वोच्च अदालतमा बहस नोट पठाएका हुन्। कानुन निर्माणका क्रममा अहिलेको परिस्थिति परिकल्पना नगरिएको भए पनि कानुनी व्यवस्थाको उदार, उचित र सकारात्मक व्याख्या हुनुपर्ने उनको सुझाव छ।

‘नागरिकहरु न्यायिक उपचारबाट वञ्चित नहुने गरी कानुनी प्रावधानहरुको व्याख्या गरी आवश्यक निकास हुनेगरी निर्णय हुनुपर्ने देखिन्छ’, वहश नोटमा भनिएको छ, ‘यो अकल्पनीय महामारी भएकाले यसलाई पछि कानुन मार्फत सम्बोधन गर्न सकिन्छ, अहिलेलाई बाधा अड्काउ फुकाउ।’

सर्वोच्च अदालत बार एसोसिएसनले पनि संविधानको धारा १३३ अनुसार, सर्वोच्च अदालतले विशेष व्याख्याबाट अहिलेको अन्योलता सम्बोधन गर्नुपर्ने भनी बहस नोट पेस गरेको छ।  धारा १३३ मा सर्वोच्च अदालतलाई संविधानदेखि कानुनको व्याख्याको अधिकारका साथै संविधानसँग बाझिएका कानुन बदर गर्ने अधिकार छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘संविधानले सर्वोच्च अदालतलाई दिएको अधिकार प्रयोग गरेर उपयुक्त निकास दिनुपर्छ। प्राकृतिक न्यायको सिद्धान्त पनि हेरिनुपर्छ’, सर्वोच्च बारको लिखित वहश नोटमा भनिएको छ, ‘अहिलेको यो परिस्थितिबारे न कानुनमै स्पष्ट व्यवस्था छ, न संविधानमा नै, त्यसैले पछि संसदबाट पनि कानुन बनाउन आदेश जारी गर्न सकिन्छ।’

यो पनि पढ्नुहोस्

कोरोना महामारीको कानुनी 'अडवड': सर्वोच्चबाटै बाधा अड्काउ फुकाउन मुद्दासोमबार, वैशाख २९, २०७७


कानुन चाहिन्छ तर अहिले अदालतवाटै व्याख्या गरौं: भट्टराई
अधिवक्ताहरु टीकाराम भट्टराई र महेश्वर श्रेष्ठले अलि फरक दृष्टिकोणसहित सर्वोच्च अदालतमा निवेदन दिएका छन्। गत सोमबार नै सर्वोच्चले उनीहरुको निवेदनलाई बृहत् पूर्ण इजलासमा पेस गर्न आदेश दिएको थियो। 

निवेदनमा अहिलेको महामारीका अवस्थामा अदालतमा अन्योलमा रहेका मुद्दासँग जोडिएका कानुन अपर्याप्त रहेको भन्दै छुट्टै अध्यादेश वा कानुन संशोधनको माग गरिएको छ।
 
अध्यादेश सरकारले जारी गर्न सक्छ भने कानुन संशोधनका लागि संसदीय प्रक्रिया पूरा गर्नुपर्ने उनको जिकीर छ।

अहिले संसद्को वर्षे अधिवेशन सुरु भइसकेको र सरकारको नीति तथा कार्यक्रम र बजेट विधेयकमा केन्द्रित हुनुपर्ने यो अधिवेशनले कानुन संशोधन गर्न कठिन हुने निवेदनमा उल्लेख छ। संसद्कै अधिवेशन चलेको अवस्थामा सरकारले अध्यादेश ल्याउन पनि कठिन छ। अधिवक्ता भट्टराईलगायतले सर्वोच्च अदालतबाटै यसबारे विशेष व्याख्या हुनुपर्ने माग गरेका छन्।

पछि संसद्ले नै यस्तो अड्चनलाई सम्बोधन गर्नेगरी छुट्टै कानुन ल्याउनुपर्छ वा अहिलेको ऐन संशोधन हुनुपर्ने उनको निवेदनमा उल्लेख छ। निवेदनमा अन्तरिम कानुनी व्यवस्थाको मागसमेत गरिएको छ। सर्वोच्च अदालतसमेतको परामर्शमा निश्चित अवधिपछि स्वत निष्क्रिय हुने कानुन बनाउन आदेश हुनुपर्ने उनका निवेदनमा उल्लेख छ।

यो पनि पढ्नुहोस्

कोरोनाले पारेको कानुनी ‘अडवड’ : महान्यायाधिवक्ता खरेलको सुझाव- कानुन अनुकुल बनाऔंमंगलबार, वैशाख ३०, २०७७

 

प्रकाशित मिति: शुक्रबार, जेठ २, २०७७  १४:१९
  • #अडवड
  • #सर्वोच्च_अदालत

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
आईपीयूको महासभामा सहभागी भएर स्वदेश फर्किए सभामुख उनी १८ असोजमा अन्तरव्यवस्थापिका संघको १५३औँ महासभामा सहभागी हुन तान्जानिया प्रस्थान गरेका थिए। मंगलबार, असोज २७, २०८३
कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी विजयी सहमहामन्त्री खुल्लातर्फ दुई पदका लागि नौ जनाबीच प्रतिस्पर्धा भएको थियो । मंगलबार, असोज २७, २०८३
अर्थमन्त्री वाग्ले बैंकक प्रस्थान, १६ भन्दा बढी बैठकमा भाग लिने अर्थमन्त्री वाग्ले मंगलबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बैंककतर्फ प्रस्थान गरेका हुन् । मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
आईपीयूको महासभामा सहभागी भएर स्वदेश फर्किए सभामुख मंगलबार, असोज २७, २०८३
कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी विजयी मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
रोहितको अर्धशतक र करणको विस्फोटक ब्याटिङमा ओमानलाई नेपालले दियो २६४ रनको लक्ष्य मंगलबार, असोज २७, २०८३
४० सरकारी इन्जिनियरको सरुवा (सूचीसहित) मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्