• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोरोनाले पारेको कानुनी ‘अडवड’ : महान्यायाधिवक्ता खरेलको सुझाव- कानुन अनुकुल बनाऔं

64x64
दुर्गा दुलाल मंगलबार, वैशाख ३०, २०७७  १६:०२
1140x725

काठमाडौ- कोरोना भाइरसको कारण समग्र क्षेत्रमा जस्तै कानुनी क्षेत्रमा पनि असर पारेको छ। मुद्दा दर्ता, बहश, थुनछेक, म्याद तारेख लिनेजस्ता कार्यमा यसको प्रत्यक्ष परेको छ। यही असरलाई फुकाउने प्रयासका लागि सर्वोच्च अदालतले नै बाधा अड्काउ फुकाउने प्रयास स्वरुप सर्वोच्चमै मुद्दा दायर गरेको छ।

कोरोनाको महामारी चलेको ५० दिनसम्म पनि कोरोना संक्रमित थपिँदै गएको र लकडाउन जेठ ५ गतेसम्म कायम रहेको अवस्थामा सर्वोच्चले यो मुद्दा अघि बढाएको थियो। 

सर्वोच्चको संयुक्त इजलाशले यसमा सुनुवाई गर्दै महान्यायाधिवक्ता कार्यालय र नेपाल बार एशोसियसनसँग सहयोग मागेको थियो। एमिकस क्युरी र बहश नोट मार्फत महामारीको अवस्थामा आइपरेको कानुनी अडवडलाई सम्बोधन गर्न सर्वोच्चले माग गरेको थियो। सर्वोच्चको उक्त मागअनुसार सरकारी वकिलको कार्यालय, सर्वोच्च अदालत बार एशोसियसन र नेपाल बार एशोसियसनले एमिकस क्युरी र बहश नोट पठाएका छन्।

उनीहरुले इमेलबाट सर्वाेच्चमा जवाफ पठाएका हुन्। त्यस्तै यही मुद्दामा सहभागी हुन अधिवक्ता टिकाराम भट्टराइले अलग्गै निवेदन दिएका छन्। उनको निवेदनमा प्रारम्भिक सुनुवाई हुँदै सँगै राख्ने आदेश भएको छ।

यो पनि पढ्नुहोस्

कोरोना महामारीको कानुनी 'अडवड': सर्वोच्चबाटै बाधा अड्काउ फुकाउन मुद्दासोमबार, वैशाख २९, २०७७

मुलुकभरका अदालतमा यस्तो अवस्थामा मुद्दा दर्ता गर्ने हद म्याद, पेशी तारिख र कानुनी म्यादको विषयमा मौजुदा कानुनमा स्पष्ट कानुनी व्यवस्था छैन। यो अवधिमा फौजदारी मुद्दा दर्ता गर्ने म्याद, अनुसन्धान प्रक्रिया, गम्भीर फौजदारी कसुरमा निरन्तर सुनुवाइ, फास्ट ट्रयाक फैसलाको कारबाही, सेवाग्राही उपस्थित हुने म्यादजस्ता विषयमा धेरै जटिलता उत्पन्न भएको छ। यस्तै अप्ठ्यारोबाट निकास निकाल्न सर्वोच्चले बाधा अड्काउ फुकाउने विकल्प अघि बढाएको थियो।  

यस्तो अवस्थामा मुलुकभरका अदालतले मुद्दा प्रक्रियामा फरक-फरक मापदण्ड अपनाउँदा अन्यौल र दुविधासमेत उत्पन्न हुने भएकाले एकरुपता कायम गर्न सर्वोच्चको इजलाशबाटै निकास निकाल्ने प्रयास सुरु भएको थियो।  

देशैभरका अदालतमा अन्यौल, दुविधा र दोहोरोपन देखिएपछि सर्वोच्च अदालत प्रशासनले अध्ययन प्रतिवेदन तयार गर्दै गत वैशाख २३ गते प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा समक्ष पेश गरेको थियो। राणाले ‘अडवड’ परेका विषयमा निकासका लागि भन्दै सोही दिन इजलास समक्ष पेश गर्न प्रतिवेदनमा तोकादेश गरेका थिए। सर्वोच्च अदालतका सहरजिष्ट्रार नेत्रप्रकाश आचार्यले बाधा अड्काउका विषयमा नौ पृष्ठ लामो प्रतिवेदन प्रधानन्यायाधीशसमक्ष पेश गरेका थिए। 

उक्त प्रतिवेदनको आधारमा सर्वोच्चको संयुक्त इजलाशमा मुद्दाको पेशी चढेको थियो। संयुक्त इजालाशले यो वृहत व्याख्याको विषय भन्दै पूर्ण इजलाशमा पेश गर्ने आदेश गरेको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

उक्त पूर्ण इजलाशले सुनुवाई गर्नुअघि सर्वोच्चले सहयोग मागेको थियो। उक्त आदेशपछि सर्वोच्च र नेपाल बारले वरिष्ठ अधिवक्ताद्वय हरिहर दाहाल र शम्भु थापालाई एमिकस क्युरीको रुपमा तोकेको थियो। 

फैसला र व्याख्या होइन‚ अनुकुल कानुन बनाऔं : महान्यायाधिवक्ता खरेल
सरकारी वकिलको कार्यालयका तर्फबाट महान्यायाधिवक्ता अग्नि खरेलले पठाएको बहस नोटमा सर्वोच्चको फैसलाबाट व्याख्या गरेर समाधान गर्नेभन्दा अनूकुल कानुन बनाउनेतर्फ लाग्नुपर्ने तर्क अघि सारिएको छ। खरेल मुद्दा दर्ता ,म्याद थाम्ने ,तारेख लिनेलगायत विषयमा बुँदागत सुझाव दिइएको छ।

अदालत कुनै कारणले बन्द रहेको वा कामकारबाही स्थगन भएको भए १० दिनभित्र मुद्दा दर्ता गर्न सकिने व्यवस्था फुलकोर्टले गरेको भएपनि यसमा कानुनी आधार कमजोर रहेको राय महान्यायाधिवक्ता खरेलले पेश गरेका छन्। सरकारवादी मुद्दाहरु दर्ता गर्ने कार्य चैत २८ गतेदेखि सुरु भएकाले असर नपरेको तर व्यक्तिवादी फौजदारी मुद्दामा भने असर परेको लिखित जवाफमा उल्लेख छ।

सर्वोच्चको पूर्ण बैठकबाट हदम्याद कायम गर्नेसम्बन्धी भएको निर्णय कानुनी आधारमा कमजोर हुने दाबी लिखित जवाफमा गरिएको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

लकडाउन खुलेकै दिनसम्म मुद्दा वा पुनरावेदन दर्ता भए त्यसले कानुनी आधार पाउने भन्दै त्यसपछिको दिनमा असम्भव हुने उनले दाबी गरेका छन्। 

सेवाग्राही देशभर छरिएर रहेको र सामान्य अवस्थामा नरहेको हुनाले लकडाउन खुलेको दिन अदालतमा मुद्दा दर्ता गर्ने कार्य असम्भव  र जोखिमपूर्ण हुने लिखित जवाफमा उल्लेख छ। ‘एकै पटक मानिसहरु अदालत आउन सम्भव पनि छैन र आएमा अर्कोतर्फ सबैले त्यसै दिन मुद्दा दर्ता गर्न खोजे अदालत प्रशासनले भ्याउने देखिँदैन’ खरेलको लिखित जवाफमा भनिएको छ‚ ‘अन्यथा कानुनी आधारबिना हदम्याद गुज्रन गएको फौजदारी मुद्दा दर्ता गर्न सकिने देखिँदैन र यसका लागि कानुनमा परिवर्तन नगरी हदम्याद बढाउन सकिँदैन।’  

राजु चापागाईंविरुद्ध प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय भएको मुद्दामा हदम्याद सम्बन्धी व्याख्याको नजिर पनि उनले पेश गरेका छन्। उक्त फैसलामा सर्वोच्चले हदम्याद अदालतले किटान गर्न नमिल्ने र यो विधायिकाको हक भएको भनेको थियो। तर देवानी संहितामा काबुबाहिरको परिस्थितिका कारण हदम्याद गुज्रन गएकोमा थप हुनसक्ने व्यवस्था रहेको लिखित जवाफमा उल्लेख छ। तर उक्त व्यवस्था फौजदारी मुद्दामा लागू हुनसक्ने देखिँदैन र फौजदारी संहिताले पनि त्यस्तो व्याख्या गर्न नसक्ने जवाफमा उल्लेख छ। 

हदम्याद पुग्ने अन्तिम दिन सार्वजनिक बिदा परेमा बिदा खुलेको पहिलो दिन अदालत उपस्थित भएमा हदम्याद गुज्रेको नमानिने उल्लेख छ। तर एकै दिनमा मुद्दा दर्ता गर्नमात्र पनि सम्भव नहुने भएकाले कानुनी व्यवस्था गर्नुपर्ने लिखित जवाफमा उल्लेख छ। 

महान्यायाधिवक्ता कार्यालयले नियमावली संशोधन वा नयाँ वाक्यांश थप गर्नुपर्ने औंल्याएको छ। सर्वोच्च अदालत नियमावली संशोधन मार्फत पनि केही बाधा अड्काउ फुकाउन सकिने सुझाव दिएको छ। निवेदकले नै काबुबाहिरको परिस्थितिको व्याख्या गर्नुपर्ने भएकाले त्यो झन्झटिलो हुने राय महान्यायाधिवक्ताको छ।  कसुर ठहर भएको ३० दिनभित्र सजाय किटान हुनुपर्ने व्यवस्था पनि यसबाट प्रभावित हुने उनको तर्क छ।

अदालतबाट हुने व्याख्या वा केही आदेशका भरमा बाधा अड्काउ फुकाउन सकिने राय दिएका महान्यायाधिवक्ताले छुट्टै कानुन नै बन्नुपर्ने उल्लेख गरेका छैनन्।

प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०७७  १६:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
आईपीयूको महासभामा सहभागी भएर स्वदेश फर्किए सभामुख मंगलबार, असोज २७, २०८३
कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी विजयी मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
रोहितको अर्धशतक र करणको विस्फोटक ब्याटिङमा ओमानलाई नेपालले दियो २६४ रनको लक्ष्य मंगलबार, असोज २७, २०८३
४० सरकारी इन्जिनियरको सरुवा (सूचीसहित) मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्