जनकपुर– बिहान साढे ८ बजेका लागि आह्वान गरिएको मधेस प्रदेशसभा बैठक अझै सुरु हुन सकेको छैन ।
मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत लिने बताएपछि आजका लागि प्रदेशसभा बैठक बोलाइएको थियो ।
प्रदेशसभा बैठक सुरु हुन ढिलाइ भएपछि सांसद्हरु संसद् परिसरमा जुटेका छन् । प्रदेशसभामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
सोमबार साँझ सर्वोच्च अदालतले मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको थियो । सर्वोच्चको आदेश अनुसार मुख्यमन्त्री यादवले आज प्रदेशसभामा विश्वासको मत लिन बताएका थिए । यद्यपि उनको पक्षमा बहुमत सांसद नभएकोले राजीनामा दिने अड्कालबाजी गरिएको थियो ।
तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मधेश प्रदेश सभाको सबैभन्दा ठूलो दलको नाताले एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई कात्तिक २४ गते मुख्यमन्त्री नियुक्त गरेकी थिइन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।