काठमाडौं- सरकारको निर्देशन अनुसार नेपाली सेनाले चीनबाट जीटुजी प्रक्रियामार्फत खरिद गरेका १० कन्टेनर सामान चीनको खासा आइपुगेको छन्।
कोरोना भाइरसको जोखिम हुन नदिन ल्याइएका अतिआवश्यक स्वास्थ्य सामग्री आज सो स्थानबाट तातोपानी नाका हुँदै नेपाल भित्रिने तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले जानकारी दिएका छन्। सामान शनिबारसम्म काठमाडौँ पठाइने तयारी भइरहेको उनले बताए।
सेनाले सो प्रक्रिया मार्फत ६७ थरिका स्वास्थ्य सामग्री खरिद गरेको थियो। केही सामान विमानमार्फत ल्याइने जनाइएको छ। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।