काठमाडौं- सशस्त्र प्रहरीले भारतले नेपाली भूभाग मिचेर सडक बनाएको क्षेत्र कालापानी नजिक छाङ्गरुमा सीमा सुरक्षा चेक पोस्ट स्थापना गरेको छ। सशस्त्रका एआइजी नारायणबाबु थापा र गृहमन्त्रीका सुरक्षा सल्लाहकार प्राडा इन्द्रजित राइसहित पुगेको टोलीले बिओपीको स्थापनाको शुभराम्भ गरेका हुन्।
बुधबार बिहान ७ बजे काठमाडौंबाट गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहाकार प्राडा इन्द्रजीत राई र सशस्त्र प्रहरी बलका एआइजी नारायणबाबु थापासहितको टोली छाङ्गरु पुगेको थियो।
काठमाडौंबाट दार्चुला सदरमुकाम खलंगा पुगेको सेनाको हेलिकप्टरले त्यहाँबाट पहिलो लटमा १० जना सुरक्षाकर्मी बन्दोबस्तीको सामान लिएर छाङ्गरु पुगेको गृहमन्त्रालयले जनाएको छ।
हेलिकोप्टरमार्फत नै हातहतियार, गोलीगठ्ठा र बन्दोबस्तीका सामान, ६ महिनासम्मका लागि रासन, साधारण मेडिकल सामग्रीहरुका साथ सशस्त्रको टोली पठाइएको छ।
छाङ्गरुभन्दा माथि गागामा बिओपी राख्ने निर्णय भने गत मंसिरमै भएको थियो। पहिले नै राख्ने तयारी भइरहे पनि लकडाउनका कारण समस्या भएको थियो। तर भारतले केही दिनअघि मात्रै कालापानी, लिपुलेक हुँदै चीन जोड्ने सडक बनाएपछि तत्कालै छाङ्गरुमा अस्थायी बिओपी राख्न लागिएको हो।
गत चैतको पहिलो साता ५० नम्बर गुल्म दार्चुलाबाट निरीक्षणसमेत गरिएको थियो। तत्लका बिओपी राख्नुपर्ने अवस्था आएकाले अहिले नै भवन निमार्ण गरेर बिओपी राख्न सम्भव नभएपछि घर भाडामा लिएर बिओपी राखिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।