काठमाडौं– कास्कीको पोखरा महानगरपालिका– ३१ बिनेरीकुनाबाट भरुवा बन्दुक १ थान, त्यसको गोली १ थान, म्याग्जिन १ थान र मृगको मासु ६ किलोसहित ४ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका– ३१ बिनेरीकुना बस्ने ५४ वर्षीय आइते पोडे, ३८ वर्षीय राजकुमार पोडे, २७ वर्षीय सरल न्यौपाने र ३९ वर्षीय गणेश गौतम रहेका छन्।
आइतेको घरमा मृग मारेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा उनीहरुलाई मृगको मासु भाग लगाइरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो। साथै आइतेको घरमा लुकाएर राखेको उक्त हातहतियार समेत प्रहरीले बरामद गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।