धनगढी–लकडाउनका कारण कैलालीमा किसानलाई रासायनिक मल तथा उन्नत जातको बीउ पाउन समस्या भएको छ।
कैलारी गाउँपालिका ८ दुधियाका भलमन्सा राजाराम चौधरीले धानको बीउ छर्न निकै हतार भए पनि रासायनिक मल पाउन नसकिएको बताए। ‘यो वर्ष पानी परेको पर्यै छ, धानको बीउ छर्न निकै हतार भइसकेको छ।’
घोडाघोडी नगरपालिका ५ राजिपुर पचघराका बाधुराम चौधरीले लकडाउनका कारण गाउँका सहकारी, साहु महाजन अथवा भारतीय बजार कतैबाट पनि मल ल्याउन सकिने अवस्था नरहेको बताए। घोडाघोडी नगरपालिका ३ का बिहारीलाल चौधरी पनि पायक परेका सहकारी संस्थामा बिहान ४ बजे देखि साँझ ६ बजेसम्म लाइन बस्दा पनि मल नपाएर फर्किएको बताउँछन्।
गौरीगंगा नगरपालिकामा रहेको नवज्योति सहकारी सस्थाले पनि आफना सहकारी सेयर सदस्यहरूलाई मल बाँडेको भए पनि सेयर सदस्य नभएका किसान वन्चित भएको बताए। कृषि सामग्री केन्द्र धनगढी र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले कैलालीका विभिन्न सहकारीमार्फत् रासायनिक मल वितरण गर्ने गरेका छन्।
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड सुदूरपश्चिम कार्यालय धनगढीका नायब महाप्रबन्धक केशवप्रसाद पाण्डेले आफूुहरुसँग स्टकमा भएका मल बिक्री गरेको बताए। दुवै सस्थाले रासायनिक मल अभाव हुन नदिने दाबी गरे पनि किसानले विश्वास गरेका छैनन्।
कृषि सामग्री केन्द्र धनगढीले यो सिजनका लागि आवश्यक पर्ने रासायनिक मल वितरण गरेको दाबी गरेको छ। सामग्री केन्द्रले कैलालीमा एक हजार ८० मेिटक« टन युरिया, एक हजार दुई सय ४९ मेट्रिक टन डिएपी र ६८ टन पोटास कैलालीका विभिन्न सहकारीमार्फत् वितरण गरेको छ। कैलालीमा रासायनिक मलको आपूर्ति सहज बनाउनका लागि नै सहकारीमार्फत् वितरण गरिएको केन्द्रका धनगढी प्रमुख नवलसिंह बोगटीले जानकारी दिए।
उनले भने, ‘कृषकलाई आवश्यक पर्ने रासायनिक मल कमि हुन दिँदैनौ, लकडाउनमा पनि कृषकलाई चाहिएको मात्रामा पु¥याउछौं।’ उनले कोरोना भाइरसले गर्दा भैरहवामा कडाइ भए पनि कृषि सामग्री केन्द्रले मल उपलब्ध गराउने दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।