दार्चुलातिर प्रस्थान गर्दै सशस्त्र प्रहरी बलका एआइजी नारायणबाबु थापा र गृहमन्त्रीका सुरक्षा सल्लाहकार प्राडा ईन्द्रजित राईसहितको टोली।
काठमाडौं–दार्चुलाको व्यास गाउँपालिकास्थित कालापानी क्षेत्रको सुरक्षार्थ बोर्डर आउटपोस्ट (बिओपी) स्थापना गर्न सुरक्षा अधिकारीहरुको टोली आज त्यसतर्फ गएको छ।
सशस्त्र प्रहरी बलका एआइजी नारायणबाबु थापा र गृहमन्त्रीका सुरक्षा सल्लाहकार प्राडा ईन्द्रजित राईसहितको टोली त्यसतर्फ गएको हो।
टोलीले पहिलो चरणमा दार्चुलाको खलंगा पुगेर त्यहाँबाट २५ जना सशस्त्र प्रहरी र ९ जना नेपाल प्रहरीको टोली लिएर छाङरु जाने कार्यक्रम रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।