काठमाडौं- मुलुकको कूल गार्हस्थ उत्पादन (जिडिपी)मा बागमती प्रदेशको हिस्सा सबैभन्दा ठूलो देखिएको छ। केन्द्रीय तथ्यांक विभागका अनुसार ३७ खर्ब ६७ अर्ब रुपैयाँको जिडिपीमा यो प्रदेशको हिस्सा एक तिहाइभन्दा धेरै अर्थात ३५.८४ प्रतिशत रहेको छ।
तथ्यांक विभागले चालु आर्थिक वर्षमा जिडिपीको आकार ३७ खर्ब ६७ अर्ब रुपैयाँको पुग्ने प्रक्षेपण केही दिनअघि सार्वजनिक गरेको थियो। चालु वर्षमा २.२८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने उको अनुमा थियो।
बागमतीपछि प्रदेश १ को हिस्सा १५.८२ प्रतिशत, प्रदेश ५ को हिस्सा १४.१८ प्रतिशत, प्रदेश २ को हिस्सा १३.७८ प्रतिशत, गण्डकी प्रदेशको हिस्सा ८.९ प्रतिशत, सुदूरपश्चिम प्रदेशको हिस्सा ७.२१ प्रतिशत र कर्णाली प्रदेशको हिस्सा ४.२७ प्रतिशत रहने विभागको अनुमान छ।
आर्थिक वृद्धिमा भने बागमती सबैभन्दा कमजोर
विभागका अनुसार प्रादेशिक हिसाबमा आर्थिक वृद्धिदर हेर्दा बागमती सुदूरपश्चिम प्रदेश सबैभन्दा बलियो र बागमती कमजोर देखिएको छ।
सुदूरपश्चिम प्रदेशको वृद्धिदर ४.०८ प्रतिशत र बागमती प्रदेशको वृद्धिदर १.२३ प्रतिशत हुने विभागको अनुमान छ। गत आर्थिक वर्षमा प्रदेश नं २ को आर्थिक वृद्धिदर ८.१२ प्रतिशत र बागमती प्रदेशको ६.४ प्रतिशत रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।