complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

सरकारी गाडी दुरुपयोग-१ : आफैंले बनाएको नियम मान्दैन सरकार

बजेट तर्जुमा दिग्दर्शनअनुसार गाडी सुविधा लिने भेटिँदैनन्
64x64
शिव बोहरा मंगलबार, वैशाख ३०, २०७७  १०:४२
1140x725

काठमाडौं- अर्थ मन्त्रालयले जारी गरेको बजेट तर्जुमा दिग्दर्शन २०७५ मा सरकारले आफ्ना मातहतका कार्यालय र कर्मचारीको सेवा सुविधाका सम्बन्धमा समेत स्पष्ट व्यवस्था गरेको छ। उक्त व्यवस्थाअनुसार संवैधानिक निकायका प्रमुख पदाधिकारी तथा मन्त्री, संवैधानिक निकायका सदस्य तथा विशिष्ट श्रेणीका कर्मचारी, सहसचिव र कार्यालय प्रयोजनका लागि खरिद गरिने सवारीका सम्बन्धमा स्पष्ट उल्लेख गरिएको छ।

बजेट तर्जुमा दिग्दर्शनको आठौं संस्करणमा कुन श्रेणीका कर्मचारी तथा पदाधिकारीले के कस्तो सवारी साधन सुविधा पाउने भन्ने व्यवस्था गरिएको छ। दिग्दर्शन सरकारले सबै वर्गका कर्मचारी तथा पदाधिकारीले एकै किसिमका सुविधा पाउन र सरकारी खर्चमा सेवा उपयोगमा एकरूपता कायम होस् भनेर जारी गरेको हो।

दिग्दर्शनको शीर्षक ३११२१ मा सवारी साधनको बारेमा उल्लेख छ। उक्त शीर्षकको ‘क’ मा नयाँ सवारीअन्तर्गत संवैधानिक निकायका प्रमुख पदाधिकारी/मन्त्रीका लागि १६ सयभन्दा माथि २ हजार सिसीसम्मको फुल अप्सनको पेट्रोलबाट चल्ने गाडी उपलब्ध गराउने उल्लेख छ।

त्यस्तै संवैधानिक निकायका सदस्य/विशिष्ट श्रेणीका लागि १३ सयदेखि १६ सय सिसीसम्मको फुल अप्सनको पेट्रोलबाट चल्ने गाडी दिइने व्यवस्था छ। सहसचिवका लागि १ हजार सिसीसम्मको गाडी दिइने सो दिग्दर्शनमा उल्लेख गरिएको छ। यो निश्चित पदाधिकारीका लागि व्यक्तिगत सुविधाको रूपमा प्रयोग गर्न पाउने सवारी हो।

कार्यालय प्रयोजनका सवारी साधन आवश्यकताअनुसार १३ सय सिसीसम्म पेट्रोलबाट चल्ने गाडी सुविधा उपलब्ध गराइने छ। तर सुरक्षा निकायको लागि कार्यालय प्रयोजनका लागि आवश्यकता अनुसार सवारी किन्न पाइनेछ। डिजेलबाट खरिद गरिने गाडीका लागि पेट्रोलका सिसी क्षमतालाई अश्वशक्ति (हर्सपावर)को आधारबाट हुन आउने सिसीमा परिवर्तन गरिनेछ।

नयाँ आयोजनाको लागि गाडी खरिद गर्न प्रस्ताव गरिएको भए कुनकुन प्रकारको गाडी खरिद गर्न लागेको हो सोको मूल्यसमेत खुलाउनुपर्छ। भइरहेको गाडी लिलाम गर्ने सूचना प्रकाशित भएपछि मात्र अर्को सवारी साधन खरिद गर्न माग गर्नुपर्छ।

‘ख’मा सावरी साधन प्रतिस्थापन योजनामा सुविधा प्रयोग गर्नेलाई १५ वर्ष, कार्यक्रम/फिल्डस्तर १० वर्ष र मौज्दात सवारी विवरण प्रतिस्थापन योजना र खरिदको लागि पुष्ट्याईं राखी माग गर्नु पर्नेछ।

‘ग’मा अन्य अन्तर्गत सवारी साधनको इन्जिन नै बदली मर्मत गर्नुपरेमा सोको मोलसहित खरिदसँग प्रत्यक्ष सम्बन्धित खर्च समावेश गर्ने र हवाई यातायातका साधन र तिनका मेसिनरी कम्पोनेन्टहरुको खरिद खर्च यसमा समावेश गर्ने उल्लेख गरिएको छ।
 
तर, सरकारले आफूले तर्जुमा गरेको नीति कार्यान्वयन गरेको देखिँदैन। नेपाल सरकारका मन्त्री, सचिव, सहसचिव, संवैधानिक निकायका प्रमुख तथा सदस्य/पदाधिकारीहरु कसैले पनि यो नियम अनुसार सवारी साधन प्रयोग गरेको पाइँदैन। मन्त्रीदेखि सचिव तथा सहसचिवसम्मले सुविधायुक्त सवारी प्रयोगमा प्रतिस्पर्धा नै चलेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

सरकारी कामकाजका लागि सहज होस् र सरकारी सेवामा योगदान गरुञ्जेल सुविधा समेत होस् भन्ने हेतुले सरकारले मन्त्री तथा सहसचिव तहसम्मका कर्मचारीलाई सवारी साधन सुविधा दिएको हो। 

बजेट तर्जुमा दिग्दर्शनमा उल्लेखित सेवा सुविधाको मापदण्ड अर्थ मन्त्रीस्तरीय निर्णय गरेर तय गरिएको हो। यसको मुख्य उद्देश्य सरकारको खाताबाट हुने अनावश्यक खर्च कटौती गर्नु हो। सवारी जति विलासी खरिद गरियो, त्यसको खरिद खर्च, आवश्यक इन्धन, मर्मत सबै खर्च स्वतः वृद्धि हुन्छ।

सहसचिवस्तरका कर्मचारीलाई गाडी सुविधा दिने निर्णय पञ्चायतकालीन् मन्त्रिपरिषद्ले गरेको थियो। त्यसपछि सरकारले सहसचिवलाई, सचिवलाई, मन्त्री तथा संवैधानिक निकायका पदाधिकारीलाई कस्तो सुधिवाको गाडी दिने भन्ने मापदण्ड तय गरेको हो।

३ वर्षमै १९ अर्बको सवारी साधन खरिद
सरकारले सवारीलाई विलासी भन्दै आयातमा केही कडाइ गर्दै आएको छ। तर सरकार आफैंले ३ वर्षमै १९ अर्ब १७ करोड ८३ लाख रुपैयाँ सवारीसाधन खरिदमै खर्चिएको छ। यो रकम केन्द्र सरकारले आफ्ना लागि खरिद गरेको सवारी साधनको हो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

केन्द्र सरकारले आर्थिक वर्ष २०७५/७६ मा मात्र ५ अर्ब ८६ करोड ८३ लाख रुपैयाँको सवारी खरिद गरेको तथ्यांक महालेखा नियन्त्रकको कार्यालयसँग छ। सरकारले आफू मातहतका कार्यालयका लागि सो रकमको गाडी खरिद गरेको हो।

त्यस्तै सरकारले आव २०७४/०७५ मा ६ अर्ब ६१ करोड रुपैयाँको सवारी साधन खर्च गरेको महालेखा नियन्त्रकको कार्यालयले राखेको तथ्यांकमा छ। सरकारले सवारी साधनका लागि गर्ने खर्च वर्षेनी बढ्दै गएको छ। विगतमा सरकारले स्थानीय तहसहित सबैका लागि एकमुष्ट सवारी गरिद गर्दै आएको थियो। साथै आव २०७३/७४ मा सरकारले ६ अर्ब ७१ करोड रुपैयाँको सवारी खरिद गरेको थियो। 

तर देश संघीय संरचनामा गएसँगै स्थानीय तह र प्रदेश सरकारले सवारी साधनका लागि खर्चिएको रकम महालेखा नियन्त्रकको कार्यालयले छुट्याउन सक्दैन। केन्द्र सरकारले बजेटमार्फत प्रदेश सरकार तथा स्थानीय तहलाई बजेट दिने भएकाले उनीहरुले समेत आफ्नै बजेट बनाएर खर्च गर्न पाउँछन्। त्यसैले प्रदेश सरकार तथा स्थानीय तहले खरिद गरेको सवारीसाधनको विवरण केन्द्र सरकारले पाउन सकेका छैन।

स्थानीय तथा प्रदेश सरकारले खरिद गरेको सवारीको रकम पनि आउने हो भने गत आवमा केन्द्र सरकारले खरिद गरेको ५ अर्ब ८६ करोड रुपैयाँ बराबर नै आउने अनुमान गरिएको छ। गत आवमा अघिकांश स्थानीय तहले नयाँ सवारीसाधन खरिद गरेकाले केन्द्र सरकारले खर्च गरेजति नै रकम खर्चिएको हुनसक्ने अनुमान संघीय मामिला तथा स्थानिय विकास मन्त्रालयले गरेको छ।

सुधार गर्ने अवसर
कोरोना भाइरसका अर्थतन्त्र संकटोन्मुख हुँदा सरकार अहिले खर्च पुर्‍याउने दबाबमा छ। अर्थ मन्त्रालयले केही दिनअघि चालु वर्षकै १४ शीर्षकका बजेट रोक्का राख्न दबाब दिएको छ। आगामी आर्थिक वर्षको बजेटमार्फत् सरकारले अनावश्यक सुविधा कटौती गर्न सक्ने अवसर आएको अर्थ मन्त्रालयकै अधिकारीहरु बताउँछन्।

पूर्व अर्थसचिवहरु पनि सरकारले अनावश्यक खर्च कटौतीका लागि सवारी साधन खरिदमै रोक लगाउनुपर्ने बताउँछन्। 'अहिले नयाँ परिस्थिति आएको छ, सरकारले यसलाई अवसरका रुपमा लिन सक्नुपर्छ', एक पूर्व अर्थसचिवले भने। 

प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०७७  १०:४२
  • #सरकारी_गाडी_दुरुपयोग

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शिव बोहरा
बोहरा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
चक्रपथको दोस्रो खण्ड विस्तार : महाराजगञ्जलाई छोडेर अन्यत्र काम अघि बढाउन चीनलाई आग्रह
मोटरसाइकल कार्यालयको आफ्नै भवन बन्‍न नदिन यातायात विभागको भाँजो
लय समात्‍ने प्रयासमा निर्माण क्षेत्र, रुग्ण आयोजना समस्यामै
सम्बन्धित सामग्री
विदेशी मुद्रा सञ्चिति ४० खर्ब नाघ्यो, १७.८ महिनाको वस्तु तथा सेवा आयात धान्ने गत असार मसान्तमा ३८ खर्ब ९७ अर्ब ६७ करोड रुपैयाँ रहेको सञ्चिति दुई महिनामा ४.३ प्रतिशतले बढेको हो। अमेरिकी डलरमा सञ्चिति ४.६ प्रतिशत... बिहीबार, असोज २९, २०८३
विपद्पछिको पुनरुत्थानमा सहयोग गर्न एडीबीलाई अर्थमन्त्री वाग्लेको आग्रह थाइल्यान्डको राजधानी बैंककमा जारी विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकका क्रममा बिहीबार अर्थमन्त्री वाग्ले र एडीबी... बिहीबार, असोज २९, २०८३
भूकम्पीय जोखिम घटाउन नेपालले ‘क्याट बन्ड’ जारी गर्दै, २९ अर्बसम्म सुरक्षा विश्व बैंकसँगको सहकार्यमा अघि बढाइएको योजनाअन्तर्गत भूकम्पको जोखिम हस्तान्तरण गरी विपद्पछि तत्काल वित्तीय स्रोत जुटाउने व्यवस्था गर्... बिहीबार, असोज २९, २०८३
ताजा समाचारसबै
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
रास्वपाले माग्याे मेयरसहितका जनप्रतिनिधि हुन चाहनेसँग आवेदन बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्