काठमाडौं- अपरिचित नम्बरबाट सर्वसाधारणलाई फोन गरी साइबर ब्यूरोबाट प्रहरी बोलेको भन्दै 'ब्ल्याकमेल' गर्दै आतंक फैलाउने काम भएको भन्दै प्रहरीले अनुसन्धान थालेको छ।
‘म साइबर क्राइमबाट प्रहरी बोलेको। साइबर सेक्युरिटीबाट कल गर्दैछौं,’ भन्दै अपरिचत नम्बरबाट सर्वसाधारण फोन गर्दै ब्ल्याकमेल गर्न थालेको पाइएपछि अनुसन्धान सुरु गरिएको केन्द्रीय साइबर ब्यूरोका एसएसपी नवीन्द अर्यालले जानकारी दिए।
यसगरी फोन गर्दै अश्लील फोटो, भिडियो पठाउन लगाई ब्ल्याकमेल गर्ने, सामाजिक सञ्जालमा पोस्ट गर्ने, चरित्र हत्या गर्ने किसिमका गतिविधि हुने गरेको पाएपछि अनुसन्धान सुरु गरिएको अर्यालको भनाइ छ।
यसरी फोन, इमेललगायत कुनै पनि माध्यमबाट प्रहरी भन्दै विभिन्न गोप्य सूचना माग भएमा वा अश्लील फोटा, भिडियो माग गरेमा प्रहरीमा खबर गर्न प्रहरीले अनुरोध गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।