फाइल फोटो
                                        
                                    
                                                             
                            
                            काठमाडौं- भारतले नेपाली भूमि मिचेर मानसरोबर जाने सडक मार्ग उद्घाटन गरेको विषयमा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिलले दुई पक्षीय संवादको तुरुन्तै र लगातार पहल गर्न निर्देशन दिएको छ। आइतबार बसेको समितिको बैठकले दुई पक्षीय वा त्रिपक्षीय पहलबाट पनि नभए यो विषयलाई अन्तर्राष्ट्रियकरण गर्न पनि सुझाब दिएको छ।
नेपालको सार्वभौमिकतामाथि बलात् हस्तक्षप र थिचोमिचो गर्दै भारतले तेस्रो मुलुक पुग्ने सडक निर्माण गर्नु अतिक्रमणकारी नीति भएको समितिको ठहर छ। समितिले भारत सरकारको यस कदमप्रति खेद व्यक्त गर्दै घोर भर्त्सना समेत गरेको छ।
‘लिम्पियाधुरा पूर्वको कालापानी लिपुलेक लगायतका सम्पूर्ण भागबाट भारतीय सैनिक फिर्ता गरी नेपालको सार्वभौमिकता र अखण्डताको सम्मान गर्न त्यस प्रकारको अतिक्रमणकारी कदम त्याग्न छिमेकीसँगको मैत्रीपूर्ण सम्बन्धको सम्मान गर्न, पञ्चशीलको सिद्धान्तको आधारमा अन्तर्राष्ट्रिय सम्बन्धलाई क्रियान्वयन गर्न समेत यो समिति आग्रह गर्दछ’, समिति सभापति शशी श्रेष्ठले भनिन्।
                                                        
                                                            
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।