एजेन्सी-युरोपेली देश स्लोभेनियाको राजधानी लुब्लियानामा हजारौं मानिसले लकडाउन उल्लंघन गर्दै सडकमा साइकल र्याली निकालेका छन्।
देशमा मार्चको मध्यबाट लकडाउन लागू गरिएको थियो। दुई साताअघि लकडाउन केही खुकुलो पारिएको थियो। प्रदर्शनकारीहरुले प्रधानमन्त्री यानेज यान्सामाथि महामारीको बहानामा स्वतन्त्रता नियन्त्रण गर्ने प्रयास गरेको आरोप लगाएका छन्।
स्लोभेनियामा हालसम्म १४ सय ५० कोरोना भाइरसका संक्रमित फेला परेका छन् भने १०० जनाले ज्यान गुमाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।