क्यानडा-क्यानडामा कोरोना भाइरसका कारण मृत्यु हुनेमध्ये ८२ प्रतिशत केयर होममा रहेकाहरु भएको पाइएको छ। क्यानडाको नेसनल इस्टिच्युटद्वारा जारी गरिएको रिपाेर्टमा यस्तो पाइएको उल्लेख छ।
कोरोना भाइरसका कारण मर्ने अधिकांश मानिस केयर होममा रहेका ज्येष्ट नागरिक रहेका जनाइएकाे छ। क्यानडामा अहिले ६६ हजार संक्रमित रहेका छन् भने ४ हजार ५ सय मानिसले ज्यान गुमाएका छन्। विश्वभर कोरोना भाइरसले वृद्ध उमेरका मानिस र रोगीलाई धेरै निशाना बनाउने गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।