काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीसँग एसियाली विकास बैंक(एडिबी)का उपाध्यक्ष वेन्चाइ झाङले भेट गरेका छन्।
दुई दिने नेपाल भ्रमणमा आएका झाङले प्रधानमन्त्री ओलीलाई बालुवाटारस्थित निवासमा बिहीबार भेट गरेका हुन्।
उपाध्यक्ष झाङले अहिले नेपाल संघीय संरचनामा प्रवेश गरेको र संघीय संरचना विकासको संक्रमणकालीन अवस्थामा रहेकाले यस अवस्थालाई सफलतापूर्वक अगाडि डोर्याउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
उक्त अवसरमा झाङले सरकारका मुख्य प्राथमिकताका क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
उनले अर्थमन्त्री डा युवराज खतिवडा र अर्थसचिव राजन खनालसँग भेटका क्रममा एडिबीले नेपालको विकासका लागि सहकार्य गर्दै आएको र आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।