एजेन्सी- संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले कोरोना भाइरस महामारीले विश्वभर बदलिएको सामाजिक अवस्थाबारे सन्देश दिँदै महामारीले सबैतिर घृणाको सुनामी फैलाएको बताएका छन्।
उनले कुनै देशको नाम भने लिएनन्। उनले बढ्दो घृणालाई कम गर्न हरेक देशले काम गर्नुपर्नेमा जोड दिए। दुनियाभर रहेका प्रवासी र शरणार्थीहरू विशेष गरी घृणाको शिकार भएका छन्।
उनीहरुलाई कोरोना भाइरसको स्रोत मानेर दुर्व्यवहार गर्ने गरेको र कतिपय स्थानमा त उनीहरुलाई उपचार सेवाबाट समेत वञ्चित गराइएको उनले बताए।
उनीहरुको हितमा काम गर्ने पत्रकार, स्वास्थ्यकर्मी, राहत पुर्याउने र मानवाधिकार कार्यकर्तालाई काममा अवरोध पुर्याउने गरेको उनले बताए।
उनले मुख्यगरी अनलाइन मिडियाकर्मीलाई घृणा बढाउने सामग्री प्रकाशन प्रशारण नगर्न र गरेको भए हटाउन विशेष आग्रह गरेका छन्। उनले शैक्षिक संस्थाहरुलाई घृणा कम गर्न डिजिटल साक्षारताको क्षेत्रमा काम गर्न आग्रह गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।