काठमाडौं–सरकारले नयाँ विमानस्थल निर्माणमा ३ वटा मापदन्ड तय गर्ने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम र बजेटमार्फत् विमानस्थल निर्माणमा ३ वटा मापदन्ड बनाउन लागेको हो।
पछिल्लो समय विमानस्थल निर्माणको विषय चुनावी नारा बन्न थाले पनि मन्त्रालयले यस्तो व्यवस्था गर्न लागेको पर्यटनमन्त्री योगेशकुमार भट्टराईले जानकारी दिए।
मन्त्रालयले पर्यटकको चाप हुने गन्तव्य, सेवा दिन पर्ने ठाँउ र व्यावसायिक वातावरण हेरेरमात्रै विमानस्थल निर्माण गरिने गरी मापदन्ड ल्याउने तयारी गरेकाे मन्त्री भट्टराईले जानकारी दिए।
हाल नेपालमा झन्डै पाँच दर्जन साना तथा ठूला विमानस्थल निर्माण भइसकेका छन्। केही विमानस्थल भने निर्माणको चरणमा छन्। भएका विमानस्थलमध्ये ३ दर्जनको हाराहारीमा मात्रै रन-वे पीच भएको छ। कतिपय विमानस्थलमा त परीक्षण उडान भए पनि नियमित उडान हुन सकेका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।