एजेन्सी–छिमेकी मुलुक भारत सबैभन्दा धेरै संक्रमित भएका मुलुकमा १४ औं नम्बरमा परेको छ। संक्रमितको संख्या ५६ हजार ३ सय ५१ पुगेसँगै भारत धेरै संक्रमित भएका मुलुकमा परेको हो।
भारतमा कोरोना भाइरसबाट हालसम्म १ हजार ८ सय ८९ ।जनाले ज्यान गुमाएका छन् भने उपचारपछि १५ हजार २ सय ६७ जना निको भएको छन्। जोन्स हप्किन्सन विश्वविद्यालयको तथ्यांक अनुसार भारतमा लगातार संक्रमित बढिरहेका छन्।
भारतभन्दा अघि अमेरिका, स्पेन, इटाली, बेलायत, रुस, फ्रान्स, जर्मनी ब्राजिल, टर्की, इरान, चीन, क्यानडा र पेरु छन्। यसअघि भारतभन्दा अघि रहेका वेल्जियम र नेदरल्याण्ड पछि परेका छन्।
भारतमा सबैभन्दा धेरै महाराष्ट्र प्रभावित भएको छ। यहाँ १६ हजार ७ सय ५८ संक्रमित पुगेका छन् भने ६ सय ५१ जनाले ज्यान गुमाएका छन्। ३ हजार ९४ जना उपचारपछि निको भएका छन्। दोस्रो प्रभावित राज्य गुजरात हो। यहाँ ६ हजार ६ सय २५ संक्रमित फेला परेका छन् भने ३ सय ९६ जनाले ज्यान गुमाएका छन्। १५ सय जना उपचारपछि निको भएका छन्।
तेस्रो स्थानमा रहेको दिल्लीमा ५ हजार ५ सय ३२ संक्रमित रहेका छन् भने ६५ जनाले ज्यान गुमाएका छन्। १५ सय ४२ जना उपचारपछि घर फर्केका छन्। तमिलनाडुमा ४ हजार ८ सय २९ संक्रमित रहेका छन् भने ३५ जनाले ज्यान गुमाएका छन्। १५ सय १६ जना उपचार पनि निको भएका छन्।
राजस्थानमा ३ हजार ३ सय १७ संक्रमित रहेका छन् भने ९२ जनाले ज्यान गुमाएका छन्। यहाँ १५ सय ९६ जना उपचारपछि निको भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।