काठमाडौं–साइप्रसमा एक नेपाली विद्यार्थीको हत्या भएको छ। साइप्रसको निकोसियामा बस्दै आएका चितवनको रत्ननगरका विवेक अम्गाइँको सिन्धुपाल्चोकका नेपालीले नै हत्या गरेका हुन्।
उनीहरु एकै कोठामा बस्दै आएका थिए। कोठा सफा गर्ने विषयमा विवाद हुँदा अम्गाइँको चक्कुले हानेर हत्या भएको बताइएको छ। आक्रमणमा संलग्नलाई स्थानीय प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।