एजेन्सी–कोरोना भाइरसको संक्रमणमा कमी आएको भन्दै जर्मनी सरकारले पसल खुल्ने अनुमति सरकारले दिएको छ। यसबाहेक मानिसहरुलाई आफ्नो परिवारका साथ सार्वजनिक स्थानमा गएर खानपान गर्ने,वृद्धाश्रममा रहेका आफन्त भेट्न र बालबालिकाहरुलाई विद्यालय पठाउन अनुमति दिएको छ।
सरकारले फुटबल खेल्ने विषयमा समेत सकारात्मक प्रतिक्रिया दिएको छ। कोरोना भाइरस फैलिएपछि खेलकुदका गतिविधिका लागि सकारात्मक भएको पहिलो युरोपेली देश जर्मनी बनेको छ।
तर सरकारले संक्रमितको संख्यामा वृद्धि भएमा भने आपत्कालीन लकडाउन गर्न सकिने स्पष्ट पारेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।