• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

सामाजिक सञ्जालमा विद्यार्थीको नतिजा सार्वजनिक गर्नु कति उचित?

64x64
प्रजु पन्त बुधबार, वैशाख २४, २०७७  २२:१०
1140x725

काठमाडौं- शिक्षा, तथा विज्ञान प्रविधि मन्त्रालयले बैसाख २२ गते विद्यार्थी भर्ना र परीक्षा सम्बन्धमा सूचना जारी गर्‍यो। सूचनामा अनलाईनका कक्षा संचालनका नाममा कुनै पनि शुल्क असुल  नगर्न र नयाँ भर्नाका कुनै पनि कार्यक्रमसमेत संचालन नगर्न मन्त्रालले सम्बन्धित पक्षलाई निर्देशन दिएको थियो।

'हाल सबै विद्यालयहरूको भर्ना तथा पठनपाठन स्थगित रहेको हुँदा यस सम्बन्धमा नेपाल सरकारबाट अर्को निर्णय नभएसम्म कुनै पनि विद्यालयले कुनै पनि कक्षा वा तहमा नयाँ भर्ना नगर्न, नगराउनु हुनका साथै भर्नाका नाममा कुनै किसिमले शुल्क लिने, अनलाइन पठनपाठनको नाममा शुल्क लिने वा बैंक खातामा रकम जम्मा गर्न लगाउने जस्ता कार्यहरू नगर्नु नगराउनु हुन सूचित गरिन्छ,' मन्त्रालयले जारी गरेको सूचनाामा उल्लेख छ। 

मन्त्रालयको सूचनाअनुसार कक्षा ९ सम्मको नतिजा अहिल्यै प्रकाशित गरिहाल्नुपर्ने जरुरी छैन। तर विद्यालयहरूले सरकारको त्यस्तो निर्देशन कार्यान्वयन गरेका छैनन्। बरू सामाजिक सञ्जालमा नतिजा सार्वजनिक गर्न विद्यालयहरूको होडबाजी नै चलको छ। 

मोरङ, दाम्राभिटाको दुर्गा माध्यमिक विद्यालयले बैसाख ७ गते फेसबुक पेजमार्फत् नतिजा प्रकाशन गर्यो‍।

कक्षा ९ सम्मको नतिजा प्रकाशनमा कोको विद्यार्थी उत्तीर्ण भए र कोको अनुउत्तीर्ण भनेरसमेत उल्लेख थियो। 

मोरङको विद्यालयमा मात्र हैन, लमजुङको बेँशीसहरमा रहेको एक विद्यालयले पनि त्यसरी नै परीक्षाफल प्रकाशन गरेको छ। विद्यालयले यसरी नतिजा प्रकाशन गर्नु आफ्नो बाध्यता भएको जनाएको छ। 

फेसबुक पेज मार्फत नतिजा प्रकाशीत गर्दै उत्तीर्ण अनुत्तीर्णको नामसमेत प्रकाशित गरेका छन्।यस्तो अभ्यास गलत भएको शिक्षाविद्हरूको भनाइ छ।बालबालीकालाई मानसिक आघात पुग्ने तथा गोपनीयताको अक हनन हुने भन्दै शिक्षाविद्हरूले आपत्ति जनाएका हुन्।

Ncell 2
Ncell 2
nimb
nimb

यसरी नतिजा प्रकाशन गर्दा विद्यार्थीलाई टर्चर हुने बताउँछन्, पोखरा ज्ञानोदय माध्यमिक विद्यालयमा १० वर्षदेखि अध्यापन गराइरहेका शिक्षक सुरज हजारे दाहाल। ‘विद्यार्थीलाई टर्चर नहोस् भनेर ग्रेडको व्यवस्था भयो। तर फेसबूकमा राख्नु त मुर्खता हो,’ दाहाल भन्छन्, ‘स्कूलभित्र त एउटा साथीले लुकाए अर्कोबाट थाहा हुन्छ। तर फेसबुकमा राख्दा कम ग्रेड ल्याउनेलाई अपमान गर्नु हो।’ दाहालकाअनुसार ज्ञानोदय माविले फोन गरेर नै विद्यार्थीको नतिजा बताइदिएको थियो। 

सामाजिक सञ्जालमा नतिजा राख्दा गोपनीयता हनन हुने लेखक सावित्री गौतम बताउँछिन्। ‘बालबालिकाको पनि गोपनीयता हुन्छ,' उनी भन्छिन्, ‘त्यसरी नतिजा प्रकाशन गर्नु उनीहरुको गोपनीयतामाथिको अत्याचार हो।’ 

सामाजिक सञ्जालमा नतिजा राख्दा उत्तीर्ण अनुत्तीर्ण भनी छुट्याएर राख्नु गैरकानुनी भएको बताउँछन् शिक्षाविद् विद्यानाथ कोइराला। उनका अनुसार नतिजाको सामान्य जानकारी दिए पनि नामै उल्लेख गरेर नतिजा प्रकाशन गर्नु उपयुक्त होइन।

शिक्षा मन्त्रालयका प्रवत्ता दीपक शर्माले विद्यालयको नतिजा प्रकाशन गर्न हतार नभएको र प्रकाशन गर्न परेको खण्डमा म्यासेज गरेर जानकारी दिनुपर्ने बताए। ‘संघीयतामा गए सँगै विद्यालय स्थानीय तह अन्र्तगत हो, शर्माले भने कसरी नतिजा प्रकाशन भइरहेको छ भन्नेबारे स्थानीय सरकारले ध्यान दिनुपर्छ। गोपनीयता भगं नहुने गरि नतिजा दिनुपर्छ सबैलाई जानकारी दिने होइन।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

जसले विद्यार्थी विवरण खुल्ने गरी राख्नुभएको छ, तुरुन्त हटाउनुस् : देवीराम आचार्य, अध्येता 
परिस्थिति जटिल भैदिदा विद्यालयका नियमित गतिविधिमा अवरोध पुग्यो। परीक्षा सकिएपछि नतिजा प्रकाशनको एउटा चक्रीय क्रममा जुट्नै पर्‍यो, विद्यालय तथा शिक्षकहरु यसमा जुट्नुभयो, नतिजा तयार गर्नुभयो त्यो राम्रो पक्ष हो। 

अपवादको रुपमा बाहेक देशभरका ९९ प्रतिशत विद्यालयमा कक्षा १ देखि ७ सम्म विद्यार्थी अनुत्तीर्ण हुँदैनन्। त्यसैले यस्तो जटिल परिस्थितिमा नतिजा नतिजा भन्नु पर्ने अवस्था थिएन। सबैलाई माथिल्लो कक्षाका पाठ्यपुस्तक पढ्दै गर्नु भनेको भए हुने। कतिपय स्थानीय तहले र प्रदेशले नतिजा प्रकाशन गर्नु भन्ने निर्देशन जारी गरे, त्यो नै आवश्यक थिएन। 

देवीराम आचार्य

कतिपय विद्यालयले एफएमबाट नतिजा सुनाए, कतिपयले स्थानीय टेलिभिजनबाट पनि गरे। र अहिले व्यापक रुपमा फेसबुकमा विद्यालय नतिजा प्रथम द्वतीय घोषणा गरिएका, जिपिए र कूल अङ्क लेखिएका, स्थान पहिलोदेखि पचासौँ भनेर छुट्टाइएका, पास र फेल भनेर उल्लेख गरिएका मात्र नभएर दुई विषय लागेका, तीन विषय लागेका, चार विषय लागेका असफल भनेर राखिएको छ।

यो अभियानमा विद्यालय मात्र होइन, स्थानीय पालिकाहरु पनि लागेका छन्। कुनै पनि विद्यार्थी विद्यालयमा पढ्न नचाहने र फेल हुने र नजान्ने बन्न त चाहँदैन। शिक्षकहरु जसले सानो पनि आलोचना स्वीकार गर्नसक्नुहुन्न वहाहँरुले ती सबै बालबालिकाको मानमर्दन गरिरहनु भएको छ। सिकाइ मात्र गुणस्तर हो र भन्दै प्रतिप्रश्न गर्ने र अहिले त्यहि सिकाइका आधारमा कसैलाई खुब जान्ने र कसैलाई नजान्ने भनेर सामाजिक सञ्जालमा रङ्गाउने काम भएको छ।

सामाजिक सञ्जालमा के राख्ने, के नराख्ने भन्ने विषयमा प्रशिक्षण त कसलाई के दिनु पर्ला र? तर धेरै समस्या यसमा देखिएका छन्। सामाजिक सञ्जालबाट कसैलाई होच्याउने काम राम्रो होइन, अहिले जति पनि नतिजा निकालेर जिपिए र ग्रेडका विवरण सार्वजनिक भएका छन्। ती सबैले अबोध बालबालिकाहरुलाई पर्ने मानसिक असरको वारेमा ध्यान पुगेको छैन। 

यो अभियानलाई रोक्ने दायित्व भएका धेरै स्थानीय तह आफैले कक्षा ८ को नतिजा यसरी नै प्रकाशित गरेका छन्। यसलाई शिक्षकहरुले तत्काल सच्चाउने र रोक्ने कार्य गर्न जरुरी छ। बालबालिकाहरुमा यसबाट पर्ने मनोवैज्ञानिक असरको वारेमा सचेत हुनैपर्छ। नतिजा प्रकाशन गर्नै पर्ने बाध्यता नै छैन, यदि नतिजा प्रकाशन गर्नैपरे सूचना मात्र दिन सकिन्छ।

केही विद्यालयले सूचना मात्र प्रकाशन गरेर नतिजाका लागि कक्षा शिक्षकलाई सम्पर्क गर्नु भनेर राम्रो काम पनि गरेका छन्। तर जसले विद्यार्थीका सबै विवरण खुल्ने गरी सूचनाहरु राख्नुभएको छ, त्यो तत्काल हटाउने र नगर्नेतर्फ ध्यान दिनु जरुरी छ।

प्रकाशित मिति: बुधबार, वैशाख २४, २०७७  २२:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रजु पन्त
नेपाल लाइभकी संवाददाता पन्त शिक्षा तथा सामाजिक विषयमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
बजारमा पुस्तकको बाढी तर बिक्री न्यून
सत्ता दाहिने हुँदा अखिल नेतालाई 'उन्मुक्ति', नेविसंघ नेतालाई ज्यान मुद्दा
आन्दोलन रोक्न आंशिक प्राध्यापकलाई त्रिविको आग्रह, माग सम्बोधन नभए रोक्दैनौं : आंशिक प्राध्यापक
सम्बन्धित सामग्री
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै यस अवसरमा नवदुर्गामध्येकी आठौँ देवी महागौरीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । देशभरका शक्तिपीठ, देवी मन्दिर, दशैँघर तथा घरघरका पूजा... आइतबार, कात्तिक १, २०८३
काठमाडौंबाट खोटाङतर्फ आउँदै  गरेको सुमो सुनकोसीमा खस्यो मृतक र बेपत्ता भएका यात्रुको पहिचान खुल्न बाँकी रहेको छ । आइतबार, कात्तिक १, २०८३
पश्चिमी वायुको प्रभावका कारण आइतबार वर्षा र हिमपातको सम्भावना जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार यस प्रभावका कारण देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहेक... आइतबार, कात्तिक १, २०८३
ताजा समाचारसबै
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव आइतबार, कात्तिक १, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य आइतबार, कात्तिक १, २०८३
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै आइतबार, कात्तिक १, २०८३
काठमाडौंबाट खोटाङतर्फ आउँदै  गरेको सुमो सुनकोसीमा खस्यो आइतबार, कात्तिक १, २०८३
फ्रान्समा विद्यालयको दयनीय अवस्था र महँगीविरुद्धको प्रदर्शन हिंसात्मक, १२०० पक्राउ आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्