नयाँ दिल्ली- भारतको हरियाणाको सोनीपत जिल्लाको खरखौदा प्रहरी कार्यालय अहिले चर्चामा छ। यसकाे कारण हाे मदिरा।
यहाँको गोदाममा रहेको लाखौंको मदिरा एकाएक गायब भएपछि देशभर अहिले यो कार्यालय चर्चामा आएको हो। यसाे हुनुकाे कारण सोनीपत प्रहरी कार्यालयका केही इन्सपेक्टरको सम्बन्ध मदिरा तस्करहरुसँग भएको हुनसक्ने अनुमान गरिएको छ।
सोनीपतका एसपी जशनदीप सिंह रधाजवाले मदिराको ५ हजार ५ सय पेटी गायब भएको बताए। यही घटनामा संलग्न भएको भन्दै ६ जना प्रहरी अधिकारीविरुद्ध मुद्दा दायर भएको उनले बताए। २५ लाख बराबरको मदिरा प्रहरीको गोदामबाट गायब भएको थियो। दुई प्रहरी इन्स्पेक्टरविरुद्ध पनि मुद्दा दायर भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।