एजेन्सी–कोरोना महामारीका कारण बेलायतमा युरोपमै धेरै मृत्यु भएको छ। बेलायतले २९ हजार ५ सय ५ सय १ मृत्युुसहित सबैभन्दा बढी प्रभावित इटालीलाई समेत पछाडि पारेको हो। इटालीमा २९ हजार ३ सय १५ जनाको मृत्यु भएको छ।
नियमित ब्रिफिङमा बेलायती विदेशमन्त्री डोमिनिक र्याबले यो ठूलो दुःखद घटना भएको उल्लेख गर्दै यति धेरै क्षति मुलुकले कहिल्यै बेहोर्नु नपरेको बताए।
बेलायत संक्रमणको हिसाबले चौथो नम्बरमा छ। त्यहाँ १ लाख ९६ हजार २ सय ४० संक्रमित छन्। यस्तै, अन्य युरोपेली मुलुकहरु स्पेनमा २५ हजार ६ सय १३, फ्रान्समा २५ हजार ५ सय ३७ र जर्मनीमा ६ हजार ९ सय ९३ जनाको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।