नयाँदिल्ली- छिमेकी भारतमा कोरोना भाइरसको संक्रमण र मृत्युमा पछिल्लो २४ घन्टामा नयाँ रेकर्ड कायम भएको छ। भारतमा कोरोना संक्रमण देखिएपछिकै सबैभन्दा धेरै संक्रमित र मृत्युको तथ्यांक सार्वजनिक भएको हाे।
केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार २४ घन्टामा भारतमा ३ हजार ९ सय नयाँ संक्रमित थपिएका छन् भने १ सय ९५ जनाले ज्यान गुमाएका छन्। यो हालसम्मकै उच्च तथ्यांक भएको मन्त्रालयले जनाएको छ।
भारतमा कुल संक्रमितको संख्या ४६ हजार ७ सय ११ पुगेको छ। १५ सय ८३ जनाले ज्यान गुमाएका छन्। यसैगरी संक्रमण भएकामध्ये २७.४ प्रतिशत भने उपचारपछि घर फर्केका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।