नयाँ दिल्ली– भारतले कोरोना भारस (कोभिड–१९) महामारी रोक्न विश्वमा भएकाे ‘लकडाउन’का कारण विदेशमा फसेका आफ्ना नागरिककाे उद्धार गर्ने अभियान संचालन गर्ने भएको छ। मे ७ देखि सुरु हुन लागेको उक्त अभियानमा ६४ वटा विशेष उडान हुने छन्, जसमार्फत करिब १४ हजार ८ सय भारतीयको उद्धार गरिने भारतीय संचार माध्यमहरुले जनाएका छन्।
भारतीय विदेश मन्त्रालयले सार्वजनिक गरेको उडान विवरणअनुसार त्यस्ता उडान संयुक्त अरब इमिरेट्स (युएई), कतार, साउदी अरेबिया, बहराइन, कुवेत, ओमान, मलेसिया, बेलायत, सिंगापुर, बंलादेश, फिलिपिन्स र अमेरिकमा गरिने छन्। यी सबै उडान भारतीय सरकार वायुसेवा कम्पनी एयर इन्डिया र त्यसको सहयाक कम्पनी एयर इन्डिया एक्सप्रेसमार्फत हुने छन्।
धेरै उडान (१५) केरलाबाट पठाइने छ। त्यस्तै दिल्ली र तमिलनाडूबाट ११, महाराष्ट्र र तेलंगनाबाट ७, गुतरातबाट ५, जम्मू–काश्मीरबाट र कर्नाटकबाट ३ र पञ्जाव र उत्तर प्रदेशबाट १ उडान हुने छ।
भातीय विदेश मन्त्रालयले केही समयअघि सार्वजनिक गरेको विवरणमा १ करोड भारतीय विदेशमा रहेको र ती मध्ये १ लाख ९२ हजारलाई समाजिक दूरी कायम गर्दै तत्कालै उद्धार गनुपर्ने अवस्था रहेको उल्लेख गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।