• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, माघ २३, २०८२ Fri, Feb 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सचिवालयमा धोका पाएपछि शक्ति सञ्चयमा माधव समूह

64x64
वीरेन्द्र ओली मंगलबार, वैशाख २३, २०७७  १६:१३
1140x725

काठमाडौं- पार्टीमा शक्ति हुँदाहुदै पनि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीबाट पेलानमा परेका नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल आन्तरिक शक्ति सञ्चयमा लागेका छन्। दल फुटाउन सहज हुने र संवैधानिक निकायसम्बन्धी अध्यादेशमा ओली फसेपछि बलियो बनेका उनी अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बामदेव गौतमले रणनीति बदलेपछि केही कमजोर देखिए।

चिनियाँ शक्तिले समेत गलाएपछि आक्रामकबाट रक्षात्मक अवस्थामा पुगेका उनी तत्काल प्रचण्डले धोका नदिएको तर विश्वास समेत गर्न नसक्ने निष्कर्षमा पुगेका छन्। आफ्नो पक्ष बलियो बनाउन आन्तरिक शक्ति सञ्चय बाहेक दोस्रो विकल्प नदेखेपछि उनी अहिले प्रचण्डको आगामी कदमबारे पर्ख र हेरको नीतिमा पुगेका छन्।

त्यसैले उनले प्रधानमन्त्री ओलीले सचिवालय बैठक तीन दिन स्थगित गरेको समयमा माहोल आफ्नो पक्षमा पार्न सक्रिय भएका छन्। आन्तरिक भेला, आफू निकटका स्थायी समिती सदस्य र केन्द्रीय सदस्यसँग नियमित सम्पर्कमा रहेका उनी सचिवालयको रणनीति छाडेर स्थायी समिति केन्द्रित भएका छन्।

पार्टीमा बढ्दै गएको विवाद उत्कर्षमा पुगेर मत्थर भएकोजस्तो देखिए पनि ध्रुवीकरण यथावतै रहेको नेकपाका नेताहरु नै बताइरहेका छन्। ध्रुवीकरणलाई ओलीविरुद्ध उपयोग गर्न नेपाल आन्तरिकरुपमा सक्रिय देखिएका छन्। 

प्रचण्ड मध्यमार्गी र गौतम ओली क्याम्पमा मिसिएको अवस्थामा उनी र ओली दुवै समूहभित्र रहेका असन्तुष्टहरुलाई आफ्नो क्याम्पमा ल्याउन सक्रिय भएका छन्। गौतमको ढुलमुले चरित्रले अहिले उनी आन्तरिक राजनीतिमा कमजोर बन्दै गएका छन्। ओलीसँग सत्ता बाँडफाँडमा असन्तुष्ट पूर्व माओवादी समूह‚ जो ओलीतिर गएका छैनन् उनीहरुलाई आफ्नो समूहमा समावेश गर्न सकिने नेपालपक्षको निष्कर्ष देखिन्छ। प्रचण्डसँग असन्तुष्ट पूर्व माओवादी नेताहरु आफ्नो गुटमा आएमा पार्टीमा बार्गेनिङ्ग शक्ति बढ्नेछ। यसले प्रचण्डलाई समेत गुट केन्द्रित सम्झौता गर्न समस्या पर्ने र उनी नेपाल समूह छाड्न नसक्ने नेपाल समूहको निष्कर्ष देखिन्छ।

सचिवालयबाट आफू प्रतिकूल निर्णय आउनबाट तत्काल ओली जोगिए पनि पार्टीमा विधानबमोजिम एक व्यक्ति एक पद र प्रधानमन्त्रीको कार्यशैली सुधारको एजेण्डा उठाउँदा स्थायी समितिमा बल पुग्ने नै देखिन्छ। यो एजेण्डाले आफ्नो समूहको स्पेस बढाउने नेपाल समूहको निष्कर्ष देखिन्छ।

‘पार्टीमा ओली, प्रचण्ड र नेपाल गरी तीन शक्तिशाली पोल छन्,’ एक स्थायी कमिटी सदस्यले भने, ‘पार्टीमा दुई अध्यक्ष र एक प्रधानमन्त्री पद छन्। त्यो भागबण्डा गरेर मिलाउनुपर्छ।’ पार्टीमा एक पद एक व्यक्तिको एजेण्डा स्थापित गर्न सकिए शक्ति सन्तुलन आफैं मिल्दै जाने ती स्थायी कमिटी सदस्यले बताए। 

प्रचण्ड शंकामा, बामदेवबाट धोका 
वैशाख २० को सचिवालय बैठकमा प्रचण्डको बदलिएको भूमिकाले नेपाल समूहमा उनीमाथि शंका बढाएको छ। प्रचण्डले यसअघि पनि आफू समस्यामा पर्दा नेपाल समूहसँग निकट हुने र ओली गलेको मौकामा आफूअनुकुल सहमति गर्ने व्यवहार देखाइसकेका छन्।

Ncell 2
Ncell 2

नेपाल समूह‚ प्रचण्डले तत्काल धोका दिई नसकेको तर जुनसुकै बेला रणनीति बदल्न सक्ने निष्कर्षमा पुगेको छ। गौतमबाट धोका भएकोमा दुइमत रहेन। तर प्रचण्डको हकमा वैशाख २५ गते बस्ने सचिवालय बैठक, राजनीतिक प्रतिवेदन र स्थायी समितिको बैठकमा उनी निकट सदस्यको भूमिकासम्म पर्ख र हेरको रणनीतिमा पुगेको छ‚ नेपाल समूह।

नेपाल निकट स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य प्रचण्डबाट नभई बामदेव गौतमले मात्रै धोका दिएको बताउँछिन्। उनको भनाइबाट नेपाल समूह अझै प्रचण्डप्रति आशावादी नै रहेको देखिन्छ।

‘हामीलाई प्रचण्ड कमरेडले धोका दिनु भएको छैन। उहाँले प्रभावकारी रुपमा भूमिका निर्वाह गर्नुभएको छ। बामदेव कमरेडले नराम्रोसँग धोका दिनुभयो,’ शाक्यले भनिन्, ‘केपी कमरेडले कहिले प्रधानमन्त्रीको लोभ देखाउनुभयो। कहिले प्रतिनिधि सभा पठाउने लोभ देखाउनुभयो। त्यही लोभमा बामदेव कमरेडले धोका दिनुभयो।’ 

बामदेव‚ ओलीको जालमा नराम्रोसँग फसेको शाक्यको बुझाइ छ। उनी गौतम प्रधानमन्त्री हुने लोभमा फसेको र त्यो असम्भव भएको बताउँछिन्।

‘बामदेव कमरेड पार्टीको शीर्ष नेता हो। पार्टीमा धेरै ठूलो लगानी छ। प्रधानमन्त्री हुन सक्ने नेता हो,’ शाक्यले भनिन्, ‘उहाँ(वामदेव) योबेला प्रतिनिधि सभा जाने अवस्था छैन। झन् प्रधानमन्त्री हुने त परको कुरा भयो। त्यो आफूलाई फसाइएको कुरा बुझ्नु भएन।’

अबको एजेण्डा एक व्यक्ति एक पद र ओलीको कार्यशैली सुधार

प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा गराउने रणनीति असफल भएपछि अब नेपाल समूह एक व्यक्ति एक पद र प्रधानमन्त्रीको कार्यशैली सुधारलाई मुख्य एजेण्डा बनाउने रणनीतिमा जुटेको देखिन्छ। एक व्यक्ति एक पदको रणनीति लागू हुनसके प्रधानमन्त्री ओलीदेखि मुख्यमन्त्री, केही मन्त्री र प्रदेश इन्चार्जका दोहोरो जिम्मेवारी खोस्न सकिन्छ।

प्रधानमन्त्री ओली विधानविपरीत अध्यक्ष र प्रधानमन्त्री भएको भन्दै त्यस विषयलाई शसक्त रुपमा उठाउने तयारी छ। यस्तै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र प्रदेश नम्बर पाँचका मुख्यमन्त्री शंकर पोखरेल दोहोरो जिम्मेवारीमा छन्। गुरुङ र पोखरेलले पार्टीको प्रदेश इन्चार्ज र मुख्यमन्त्रीको दोहोरो जिम्मेवारी सम्हाल्दै आएका छन्। यस्तै संघीय मन्त्री र अरु प्रदेशका धेरै मन्त्री समेत दोहोरो जिम्मेवारीमा छन्। 

‘हामीले कुनै व्यक्तिलाई केन्द्रमा राखेर उठाएका छैनौं। पार्टीका विधानलाई टेकेर उठाएका छौं,’ स्थायी कमिटी सदस्य बेदुराम भुसालले भने, ‘प्रधानमन्त्रीज्यूले पनि एक व्यक्ति एक पदलाई कार्यन्वयन गर्छु भन्नु भएको छ। पार्टी अध्यक्षले विधानको पालना गर्नुहुनेछ।’ 

यस्तै नेपाल समूहले प्रधानमन्त्री ओलीले मनमौजी सरकार चलाएकाले सुधार गर्नुपर्ने विषयलाई केन्द्रमा राख्ने तयारी गरेको छ। पार्टीको कुनै निकायबाट निर्णय नगराई आफूअनुकुल निर्णय गर्दै आएका उनलाई अब पार्टीको संरचनाभित्र कस्नेँ उनीहरुको रणनीति देखिन्छ।

‘केपी कमरेडले कुनै पार्टी कमिटीबाट निर्णय गराएर गर्नुहुन्न। आफूलाई लागेको भरमा निर्णय गर्नुहुन्छ,’ भुसालले भने, ‘अब पार्टी कमिटीले निर्णय गरेपछि सरकारले कार्यन्वयन गर्नुपर्छ। पार्टीको निर्णयमा सरकार चल्नुपर्छ।’ 

आफू बलियो हुँदै गएको नेपाल समूह निष्कर्ष
प्रधानमन्त्री ओलीले वरिष्ठ नेता नेपाललाई तेस्रो अध्यक्षको रुपमा प्रस्ताव गरेपनि अस्वीकार गर्दा आफ्नो समूह नैतिक रुपमा बलियो भएको उनीहरुको निष्कर्ष छ। सचिवालय बैठक सकिएपछि पटक पटक बसेको नेपाल समूहको बैठकमा नेपाल समूहका स्थायी र केन्द्रीय समितिका नेताहरुले तेस्रो अध्यक्ष पदको प्रस्ताव अस्वीकार गरेकोमा नेपाललाई धन्यवाद दिएका थिए।

२०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा पार्टीले हार व्यहोरेपछि पार्टी महासचिवबाट राजीनामा र अहिले तेस्रो अध्यक्ष अस्वीकार गर्दा नेपाल समूह नैतिक रुपमा माथि भएको निष्कर्ष निकालिएको छ।  

प्रधानमन्त्री ओलीले मनमौजी तरिकाले काम गर्दा पद प्रतिष्ठा देखाएर लोभ्याउन खोजेको शाक्यले बताइन्। ‘हामीले पार्टीमा कुनै पद प्रतिष्ठा मागेका थिएनौं। पार्टी र सरकार विधिसम्मत चलाउनुस् भनेका थियौं,’ शाक्यले भनिन्, ‘केपी कमरेडले बामदेव कमरेडलाई प्रधानमन्त्री र माधव कमरेडलाई पार्टी अध्यक्षको प्रस्ताव गर्नुभयो। त्यस्तो पनि हुन्छ?’ 

स्थायी कमिटीमा एकै स्वरको तयारी
नेपाल समूहले सबैभन्दा धेरै जोड दिएर स्थायी कमिटी बैठक राख्न माग गरेको थियो। मागअनुसार मिति समेत तोकिइसकेको छ। उनीहरू अब स्थायी समितिको बैठकमा एकै स्वरमा आफ्ना कुराहरु सशक्त रुपमा राख्ने तयारीमा देखिएका छन्।

पार्टी र सरकारका गतिविधि त्यसमा पनि प्रधानमन्त्रीको शैलीलाई केन्द्रमा राखेर आलोचना गर्ने उनीहरुको योजना देखिएको छ। प्रधामन्त्रीले सचिवालय बैठकमा आत्मआलोलना गरे पनि त्यो अमूर्त रुपमा रहेकाले लिखित रुपमै आत्मआलोचना गराउने उनीहरुको रणनीति देखिन्छ।

बैठकमा शाक्यसहित भिम रावल, वेदुराम भुसाल, युवराज ज्ञावलीलगायत नेताहरुले यसलाई चर्को रुपमा उठाउने तयारी गरेका छन्। 

‘केपी कमरेडले आत्मलोचना गर्नुभयो भन्दैमा विवाद सकियो भन्ने हुँदैन।’ शाक्यले भनिन्, ‘उहाँ(केपी ओली)ले कुन कुन विषयमा कसरी आत्मआलोचना गर्नुभयो भन्ने विषयमा हामीलाई विश्वास हुनुपर्‍यो। त्यसै झारा टार्ने तरिकाले हुँदैन।’ 

प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०७७  १६:१३
  • #माधव_नेपाल
  • #नेकपा_राजनीति
  • #MadhavKumarNepal

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
ढुक्क हुनुस् चुनाव एकै दिनमा हुन्छ : प्रधानमन्त्री कार्की उनले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न निर्वाचन आयुक्तको भुमिका प्रसंशनीय रहेको भन्दै धन्यावाद स... बिहीबार, माघ २२, २०८२
कांग्रेसले कसैसँग चुनावी गठबन्धन नगर्ने बिहीबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता देवराज चालिसेले पार्टीले सबै क्षेत्रमा आफ्नो उम्मेदवार उठाइसकेको... बिहीबार, माघ २२, २०८२
प्रधानमन्त्री कार्की र ओलीबीच छलफल करिब दुई घण्टा चलेको उक्त छलफलमा समसामयिक राजनीतिक परिस्थिति र निर्वाचनसम्बन्धी विषयवस्तुमा केन्द्रित रहेर संवाद भएको जनाइएको छ। बिहीबार, माघ २२, २०८२
ताजा समाचारसबै
डलरमा गिरावटको बावजुत अफगानिस्तानमा खाद्यान्नको मूल्य वृद्धि शुक्रबार, माघ २३, २०८२
फेरि पक्राउ परे दुर्गा प्रसाईं शुक्रबार, माघ २३, २०८२
पोखरा पुगेर गगनले भने- आगो लगाउने होइन, देश सम्हाल्ने शक्ति चाहिएको छ शुक्रबार, माघ २३, २०८२
एमाले अध्यक्ष ओली आज झापा जाँदै शुक्रबार, माघ २३, २०८२
४२ सयले घट्यो सुनको मूल शुक्रबार, माघ २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुनको मूल्य घट्यो बिहीबार, माघ २२, २०८२
विनितालक्षित ज्ञानेन्द्र शाहीको जवाफ– मेरो उम्मेदवारी कुनै पार्टी र व्यक्तिका विरुद्धमा होइन बिहीबार, माघ २२, २०८२
घाँटीमा सिरिन्ज रोपेर झापामा एकजनाको हत्या शुक्रबार, माघ २३, २०८२
काठमाडौंमा १ करोडको गहना चोर्नेलाई प्रहरीले गोली हानेर समात्यो, ट्रमा सेन्टरमा उपचार हुँदै बिहीबार, माघ २२, २०८२
आज क्यानडाविरुद्धको वार्म अपमा दीपेन्द्रले कप्तानी गर्ने बिहीबार, माघ २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
सुनको मूल्य घट्यो बिहीबार, माघ २२, २०८२
दीपेन्द्र र आरिफको अर्धशतकमा यूएईविरुद्ध सात विकेटको जित मंगलबार, माघ २०, २०८२
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्