• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ १८, २०८३ Thu, Sep 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

अनि प्रहरीले विष्णुकुमारीलाई लाश हेर्न बोलायो

64x64
नारायण अधिकारी मंगलबार, वैशाख २३, २०७७  १९:०८
1140x725

काठमाडौं- वैशाख ७ गते गौरीघाटमा बोराभित्र एक पुरुषको लाश भेटियो। अनुहार चिन्न नसक्ने अवस्थामा सडेको लाश भेटिएपछि महानगरीय प्रहरी वृत्त गौशालाका प्रहरीले वैशाख ९ गते विष्णुकुमारी राईलाई फोन गरे।

‘गौरीघाटमा एउटा लाश भेटिएको छ। तपाईं तुरुन्त हेर्न आउनुस्’ आफू प्रहरी भएको परिचय दिँदै ती व्यक्तिले फोनमा भने।
‘त्यसपछि मेरो छाति जल्यो। यता छोरो हराएको छ। उता लाश भेटियो भन्दै फोन आउँछ’ बिलखबन्दमा पर्दै बिष्णुकमारी त्यही साँझ गौशाला प्रहरीकहाँ पुग्छिन्।

‘तपाईंको छोराले के-के खान्थ्यो, चुरोट, सुर्ती ?’ हुलिया मिलाउन प्रहरीले विष्णुकुमारीलाई सोधे।

‘चुरोट, गाँजा खाइनै हाल्छन्। अहिलेका केटा, म खाँदैनथ्यो भन्दिनँ’ विष्णुकुमारीले जवाफ फर्काइन्।

‘पाचक पनि खान्थ्यो!’ एउटा हुलिया मिलिसकेकाले प्रहरी केही उत्सुक हुँदै सोध।

‘पहँलो आमपाचक खान्थ्यो। गोजीमै बोकेर हिँड्थ्यो सर’ विष्णुकुमारीले खुलेरै प्रहरीलाई बताइन्।

प्रहरीले सायद हुलिया मिल्दै गएकाले लाश कसको हो भनेर अनुसन्धानमा सहज हुने भयो भन्ने सोच्दै थिए होलान्। तर विष्णुकुमारी यो सबै असत्य होस् भनेर कामना गर्दै थिइन्। 

अझ उत्सुक हुँदै प्रहरीले सोधे, ‘अनि सूर्ती पनि खान्थ्यो?’

Ncell 2
Ncell 2
nimb
nimb

‘त्यो खाएको देखेको छैन। तर त्यसको ओछ्यानमा मैले सूर्ती भेटेको थिएँ। त्यसको ओछ्यानमा अरुले खाएर राख्दैन। पक्कै खान्थ्यो होला।’ विष्णुकुमारीले छोराको अम्मलबारे बताइन्।

‘तपाईंको भनाइ र लाशको हुलिया धेरै मिलेको छ। भोलि टिचिङ (त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज) लाश हेर्न हिँड्नुस्’ प्रहरीले यसो भन्दै विष्णुकुमारीलाई घर फकाईदिए।

०००

नयाँबानेश्वर जागृतिनगरस्थित बागमती नदी किनारको सुकुम्बासी बस्ती। थोत्रा टिनले छाएको साना भएको छाप्रोमा बस्छिन् ५८ वर्षीय विष्णुकमारी। गुजारा चलाउन भन्दै उनले त्यही छाप्रोमा सानो किराना पसल पनि सञ्चालन गर्दै आएकी छिन्।

विष्णुकुमारीलाई उनका श्रीमान र २१ वर्षीय छोरा भीमले पसल चलाउन सहयोग गर्दै आएका छन्। टिनको थोत्रो छाप्रोमा भए पनि श्रीमान र छोरासँगै सुखदुःख कटाउन पाउँदा चम्किएका उनका अनुहार अहिले भने मलिन छन्। 

गएको दुई महिनादेखि उनको अनुहारको खुसी हराएको छ। शरीर आलस्य छ। उस्तै अवस्थामा छन् उनका श्रीमान पनि। टोलाउनु, थोरै बोल्नु र बेला बेलामा प्रहरीलाई फोन गर्दै विगत दुई महिनादेखिको उनीहरुको दैनिकी बितेको छ। 

कारण, दुई महिनादेखि उनका २१ वर्षीय छोरा भीम वेपत्ता छन्। चैत २४ गते दिनभर छोराको पखाईमै टोलाए विष्णुकुमारीका आँखा। तर भीम भने उनका साथी उज्ज्वल काफ्लेसँगै राति ११ बजे घर पुगे।

‘तँ गतिलो छैनस्। यो तेरो साथी पनि गतिलो छैन। ११ बजेरातिसम्म के खोजेर हिँड्छस्? चोरेर हिँडेको? यो राति त चोर, गुण्डा हिँड्छ। ट्याप्पे हो’ मध्यराति छोरा घरमा आएपछि विष्णुकुमारीले रिष पोखिन्।

आमाको गाली भुँइमा खस्न नपाउँदै भीमले प्रष्टिकरण दिए, ‘बास्केटबल खेलेर जितेर आएको। यो ममी पनि यसै कराउँदो रहेछ।’

भीम कक्षा १२ र उज्ज्वल कक्षा ११ शान्तिनगरस्थित एउटै कलेजमा पढ्छन्। विगत एक महिनादेखि भने उज्ज्वल कलेजको होस्टलमा बस्न छाडेर भीमकै घरमा बस्दै आएका थिए।

आमाको गालीले अवाक्क भएका भीमले राति नै म जान्छु भनेर घुर्काए। रिसैरिसमा आमा विष्णुकुमारीले पनि ‘जा’ भनिन्।
त्यसको आधा घण्टामा ५/६ जनाको आवाज आयो। भीम, भीम भनेर बोलाए। 

‘राति राति भीम न सिम। छैन भीम। चोर्न जानलाई तिमारु यहाँ गठ बाँधेर आको? कसको घर फोर्न गठ बाँधेको तिमारुले?’ विष्णुकुमारीले छोरालाई बोलाउनेलाई जवाफ फर्काइन्।

राति २ बजेतिर सबैजना फर्केर भीमको घर आए। सुते।

भोलिपल्ट भीमका बाबुलाई गाउँ धनकुटा जानु थियो। बिहान चारै बजे उनी उठेर बाहिरिए। घरबाट निस्कने बित्तिकै छोरालाई गएँ है भन्न बिर्सेछु भन्दै उनी फर्किए।

‘फर्केर आएका बाबुले भीम भीम भनेर बोलाए। फेरि भीम बाबु भने। हँ गरेर बाघ घुरेझै गरो छोराले। म हिँडे, तँ कहीँ नजा। ममीलाई दुःख नदे। ममी पसलमा एक्लै हुन्छ। घरमै बस है बाबु। म गएँ भनेर बाबु निस्किए’ विष्णुकुमारीले त्यस दिनको घटना नेपाल लाइभलाई सुनाइन्।

बेपत्ता भएका भीम

बिहान भीमका साथी उठे। चिया बनाए। पिए। भीम भने सुतिरहकै थिए।

‘रातभरी गितांगे, दिनभरी सुतांगे’ भन्दै विष्णुकुमारीले छोरालाई गाली गरिन्।

निद्रामै आमाको आवाज कर्कस मानेर भीमले जवाफ फर्काए, ‘यस्ता सुड्डीको अनुहार पनि हेर्न नपरोस्।’

यतिञ्जेल भीमका अन्य साथी बाहिरिसकेका थिए। त्यसपछि भीम र उज्ज्वल मात्रै उनको घरमा बाँकी भए।

त्यसपछि करिब ११ बजेतिर भीम र उज्ज्वल पनि घरबाट बाहिरिए। फागुन २५ गते घरबाट बाहिरिएका भीमको अहिलेसम्म पत्तोपत्तो छैन।

छोरो घर नफर्किएपछि धनकुटा गएका श्रीमानलाई विष्णुकुमारीले फोन गरेर तुरुन्तै फर्कन भने। विष्णुकुमारीका श्रीमान चैत ३ गते काठमाडौं आइपुगे। 
छोरो हराएपछि चैत ८ गते शान्तिनगरस्थित छोरा पढ्ने कलेमा पुगेर घटनाबारे जानकारी गराइन्।

केही दिनअघि मात्रै सेतो ट्याक्सीमा उज्ज्वल, उनका आमा, दिदी आएर होस्टलबाट उज्ज्वलको कपडा लिएर फर्केको जवाफ कलेज प्रशासनले जानकारी दियो।

विष्णुकुमारी भने भीमको साथी उज्ज्वल, उज्ज्वलका आमाको नम्बर लिएर बाहिरिइन्। तर पटक पटक फोन गर्दा पनि उज्ज्वल र उनका आमाले फोन उठाएनन्।

‘चैत ८ गते राति साढे ८ बजेतिर भने उज्ज्वलको आमाको नम्बरमा मेरो छोराले नै फोन उठायो’ विष्णुकुमारीले सुनाइन्, ‘चिन्ता लिनु पर्दैन। म उज्ज्वल को घरमा छु, भोलि आउँछु भन्यो छोराले।’

तर भीम घर फर्किएनन्। चैत ९ गते पनि भीम आफैंले उज्ज्वलको आमाको मोबाइलबाट आमालाई फोन गर्दै घर आउने बताए। छोरोका पर्खाइमा बसेका आमाको आँखा ट्टयाए। तर उनी घर फर्किएनन्।

११ गतेबाट लकडाउन भयो। विष्णुकुमारी हिँड्दै महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वर गएर छोरा हराएको भन्दै उजुरी दिइन्। तै पनि छोराको पत्तो लागेन।
वैशाख ७ गते गौरीघाटमा बोराभित्र शव भेटिएपछि महानगरीय प्रहरी वृत गौशालाले विष्णुकुमारीलाई फोन गर्दै लाश हेर्न आउन भनेको थियो।

विष्णुकुमारीलाई सोधपुछ गर्दा हुलिया मिलेपछि प्रहरीसँगै उनी लाश हेर्न टिचिङ अस्पताल पुगिन्।

‘लाश अनुहार नचिनिने रहेछ। खप्परमात्रै छ। गालामा मासु छैन हड्डीमात्रै छ। मेरो छोराको दाँत अली ठूलो थियो। उसको चाहिँ अलि सानो भएर अलिकति खप्टिएको देखियो। मेरो छोराको बुढी औँलामा सानोमा घाउ भएर नङ गएको थियो। पछि नङ पलाउँदा कुच्चिएको थियो। त्यो लासको नङ कुच्चिएको थिएन। नङ र दाँतका कारण छोराको लाश होइन भन्ने लाग्यो’ विष्णुकुमारीले सुनाइन्।

लास हेरेर फर्केपछि बिष्णुकुमारीले गौशाला प्रहरीलाई उज्ज्वलको नम्बर दिएर फर्किइन्। 

वैशाख १० गते प्रहरीले उज्ज्वललाई प्रहरी कार्यालय ल्याएर सोधपुछ पनि गर्‍यो। 

तर उज्ज्वलले पहिला आफूसँग भएको र त्यसपछि कता गएको केही थाहा नपाएको प्रहरी समक्ष बताए। 

विगत दुई महिनादेखि वेपत्ता भएका भीम अहिलेसम्म वेपत्तै छन्। फोन गर्दै प्रहरीसँग सोधपुछ गर्नुबाहेक उनीहरुसँग कुनै उपाय छैन।

०००

भीम अहिलेसम्म वेपत्ता भएपछि विष्णुकुमारीका आँखा रसाइरहेका छन्। उनी विगत सम्झिन्छन् र रुन्छिन्।

‘यो साह्रै दुःखमा हुर्कियो। मैले चक्रपथ चोकको सडकमा पसल गर्दाखेरी यसलाई पिँठ्युमा बोकेरै लान्थेँ। दिनभरी पसल गर्थेँ। त्यो चक्रपथको बारमा पछ्यौराको छहारी लगाएर सुताउँथे। छाता ओढाइदिन्थे’ रुँदै विष्णुकुमारीले सुनाइन्, ‘नगरपालिकाले एकदिन सुतेकै ठाउँबाट मेरो छोरालाई गाडीमा हाल्यो।

म रुँदै मेरो नानी छ त्यो पोकामा भनेपछि नगरपालिकाले झिकेर ल्याइदियो। त्यस्तो गरेर हुर्काएको थिएँ। अहिले मलाई यस्तो गर्‍यो।’

छोरा हुर्काउँदाका यस्ता दुःख त विष्णुकुमारीसँग निकै छन्। अहिले ती सबै दुःखभन्दा बढी पीडा छोरा हराएकोमा छ। फर्केर आउने दिनको पर्खाइ उस्तै। 

कसैले भीमलाई फेला पारेमा आमा बिष्णुकुमारीको मोबाइल नम्बर ९८४१८०२८१३ स्म्पर्क गरिदिन आग्रह गरेकी छिन्। 

प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०७७  १९:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
त्रिशूलीको एक गुम्बामा त्यो भावुक दृश्य गुम्बामा बाढीले बगाएका व्यक्तिहरूको सम्झनामा स्थानीयवासी तथा आफन्तहरू भेला भएर प्रार्थना गरिरहेका छन् । यदि उनीहरूको मृत्यु भइसकेको... बिहीबार, भदौ १८, २०८३
भोटेकोशी बाढी : ग्राउण्ड जीरोमा गोल्याण फाउण्डेशन, खानादेखि मनोपरामर्शसम्म होल्डिङ सेन्टरमा देवीघाट क्षेत्रका ६८ घरपरिवार रहेका छन् । ती परिवारका सदस्यसहित आसपासका बासिन्दासमेत गरी दैनिक करिब ४ सय जनाका लागि... बुधबार, भदौ १७, २०८३
बाबुआमा फर्किने आशाले थामिएकी छिन् पामु मंगलबार नेपालको सबैभन्दा ठूलो शैक्षिक अस्पतालको परिसरमा देखिएको पामुको पीडा अपवाद थिएन। सयौं मानिस आफ्ना बेपत्ता बुबा, आमा, श्रीमान... बुधबार, भदौ १७, २०८३
ताजा समाचारसबै
विपद्‌मा परेका बालबालिकाको तस्बिर र भिडियो सार्वजनिक भएकोप्रति प्रहरीको सात बुँदे अनुरोध बिहीबार, भदौ १८, २०८३
बाढीपहिरोबाट ३ खर्ब ८७ अर्बको क्षेत्रगत क्षति, पुनःस्थापनाका लागि ७ अर्ब ९५ करोड आवश्यक बिहीबार, भदौ १८, २०८३
लिखतसम्बन्धी कसुरमा अध्यागमनका तत्कालीन कम्युटर अपरेटर पक्राउ बिहीबार, भदौ १८, २०८३
लक्ष्मी सनराइज बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड २४ लाख सहयोग बिहीबार, भदौ १८, २०८३
भोटेकोसी बाढीपीडितको राहतका लागि एसटीसी ग्रुपको ५० लाख १ हजार रुपैयाँ सहयोग बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
मध्यरातमा सर्वोच्च अदालतको नयाँ भवनमा कसरी लाग्यो आगो ? बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्