नयाँ दिल्ली- भारतकाे दिल्ली सरकारले मंगलबारबाट लागू हुने गरी मदिरामा ७० प्रतिशत कोरोना कर लगाउने भएको छ।
मुख्यमन्त्री केजरीवालले मदिराको अधिकतम मूल्यमा थप ७० प्रतिशत कोरोना कर भुक्तानी गर्ने निर्णय गरेका हुन्।
उक्त कर लगाएपछि बजारमा एक सय रुपैयाँ पर्ने मदिराको मूल्य १७० रुपैयाँ पर्ने भएकाे छ। विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको प्रभावले गर्दा सरकारी राजस्व तथा करमा भारी गिरावट भैसेकको छ।
सरकारले स्रोत जुटाउन मदिरा जन्य पदार्थ र सुर्तीजन्य पदार्थको कर बढाउने रणनीति बनाएका हाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।