सिओल- दक्षिण कोरियाले विद्यायलहरुलाई आ-आफ्ना विद्यार्थीहरु फिर्ता बोलाउने अनुमति दिने बताइएको छ। देशमा कोरोना भाइरसको प्रकोप घट्दै गएकाले अर्को हप्तादेखि देशका विद्यालयहरु पुनः सञ्चालनमा ल्याइने जनाइएको हो।
कोरोना भाइरसको प्रकोप घट्दै गइरहेकाले मे १३ बाट उच्च माध्यामिक विद्यालयका विद्यार्थीहरु र मे २० बाट निम्न माध्यामिक स्तरका विद्यार्थीहरुलाई विद्यालयमा आउने अनुमति दिइने शिक्षामन्त्री यो इअन हाएले सोमबार बताएका छन्।
दक्षिण कोरियामा कोरोना भाइरस फैलिएपछि करिब ५४ लाख विद्यार्थीहरुले गत अप्रिल ९ देखि अनलाइन कक्षा लिइरहेका छन्। दक्षिण कोरियाको हालका हप्ताहरूमा कोरोना भाइरसको प्रकोप निरन्तर रुपमा घटिरहेको छ। अधिकारीहरूले समाजिक दूरी नियमहरूमा पालाना गर्न सर्वसाधारणलाई आग्रह गरिरहेका छन्।
करिब एक हप्ताअघि दक्षिण कोरियाले थप ८ जना भाइरस संक्रमित भेटिएपछि १० हजार ८ सय जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। यो कोरोना भाइरस संक्रमणबाट दक्षिण कोरियामा २ सय ५२ जनाको मृत्यु भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।