एजेन्सी-भारतको नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्ली लकडाउन खोल्न तयार रहेको बताएका छन्। केजरीवालले दिल्लीका ९७ क्षेत्र खोल्ने अवस्था नरहेकाले सील गरिएको र बाँकी क्षेत्र भने खोल्नुपर्ने बताए।
मुख्यमन्त्री केजरीवालले संक्रमितबाहेक अन्य इलाकालाई 'ग्रीन जोन' बनाउनु पर्ने र बजार खोल्नुपर्ने बताए । त्यसका लागि पनि जाेर-बिजाेर नम्वर लागू गर्न सकिने उनले बताए।
‘अब दिल्ली खोल्ने समय आएको छ ’ उनले भने ‘हामीलाई कोरोना भाइरससँगै बाँच्नका लागि पनि तयार रहनु पर्दछ,’ उनले भने। दिल्लीमा अहिले कोरोना भाइरसका ४ हजारभन्दा धेरै संक्रमित छन् भने ६४ जनाले ज्यान गुमाएका छन्। १२५६ संक्रमित उपचारपछि निको भएर फर्केका छन्।
केजरीवालले कोरोनासँग लड्न दिल्ली तयारी अवस्थामा रहेको बताए। अस्पताल र परीक्षण किट्स दिल्लीमा पर्याप्त रहेकाले अब . डराउनुपर्ने अवस्था नरहेको उनले बताए । ‘निजी अफिसहरु खोल्न सकिन्छ तर केवल ३३ प्रतिशत कर्मचारीलाई मात्र कार्यालय जाने अनुमति हुने छ, आइटी हार्डवेयर,उत्पादन,जरुरी सामग्री उत्पादनका स्थान भने पहिलेकै अवस्थामा खुल्ला रहने छन् ’ केजरीवालले भने।
तर केन्द्र सरकारले भने दिल्लीलाई रेड जोन घोषणा गरेको छ । सोमबारबाट सबै सरकारी कार्यालय खोल्न सकिने र सत प्रतिशत कर्मचारीको उपस्थित हुन सक्ने तर निजी कार्यालयहरुले ३३ प्रतिशतमात्र कर्मचारी हाजिर गराउन पाउने छन्। हवाई सेवा,मेट्रो,रेल र अन्य राज्यबाट आउने सार्वजनिक यातायात भने बन्द नै रहनेछन्। अटो,रिक्शा,सैलुन बन्द रहने छन्।
यस्तै साँझ सात बजेदेखि विहान सात बजेसम्म घरबाट निस्कन पाइनेछैन । धार्मिक संस्था,ट्याक्सी र क्याब बन्द रहनेछन् । प्लम्बर,इलेक्ट्रीसियन र घरमा काम गर्नेहरुका लागि अनुमति हुने छ। बजारभित्र जरुरी आवश्यकताका पसल तथा पुस्तक पसल खुल्ला रहने छन्। कोलाेनीभित्रका सबै पसल खुल्ला रहने छन् भने सबै सञ्चारमाध्यम खुल्ला रहने छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।