एजेन्सी–कोरोना भाइरसको संक्रमण न्यूनीकरण गर्ने पहलस्वरुप अफगानिस्तानमा ९८ तालिबान बन्दी रिहा गरिएको छ। काबुलको पुल–ए–चार्खी जेलमा रहेका बन्दीहरु रिहा गरिएको राष्ट्रिय सुरक्षा निर्देशनालयले जनाएको छ।
अफगान सरकार र तालिबानबीच गत मार्चमा भएको शान्ति वार्तामा तालिबानी लडाकूलाई रिहा गर्न सरकारले सहमति जनाएको थियो।
तालिबान बन्दीलाई उनीहरुको उमेर, स्वास्थ्य अवस्था र जेल समयका आधारमा रिहा गरिएको अधिकारीहरुले जनाएका छन्। गत मार्च १० यता ६ सय ५० तालिबान बन्दीलाई रिहा गरिसकिएको छ । अब थप ६ सय ५० बन्दीलाई रिहा गरिने सरकारी विज्ञप्तिमा जनाइएको छ।
‘शान्ति प्रक्रियालाई अगाडि बढाउन अफगान सरकार तालिबानसँग संयुक्त प्राविधिक कार्य जारी राख्न खुला छ,’ सुरक्षा निर्देशनालयको विज्ञप्तिमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।