एजेन्सी–खाना र पानी अभाव भएको भन्दै भेनेजुएलाको एउटा जेलमा भएको दंगामा ४० जनाको मृत्यु भएको छ। पश्चिमी गुनारे सहरको लस लानोस जेलमा दंगा भएको हो। भेनेजुएलन प्रिजन अब्जरभेटरीले बन्दीले जेल तोड्ने प्रयास गरेको भन्ने अधिकारीहरुको भनाईप्रति आशंका गर्दै उक्त घटनाको अनुसन्धानका लागि गरेको छ।
घटनामा जेलका कर्मचारीसहित गभर्नर पनि घाइते भएका छन्। जेलमन्त्री इरिस भरेलले जेलमा दंगा भएको उल्लेख गरे पनि मृतकको संख्या भने सार्वजनिक गरेनन्। अधिकारीहरुले उक्त घटना जेल तोड्ने प्रयासका रुपमा उल्लेख गरेका छन्।
अधिकांश जेलका बन्दी आफन्त र परिवारले ल्याएका खानामा निर्भर हुने गरेका थिए। तर कोरोना भाइरसको संक्रमण रोक्न आफन्त भेटघाटमा रोक लगाइएपछि बन्दीहरु आक्रोशित भएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।