एजेन्सी–स्पेनमा लकडाउन खुकुलो बनाइए पनि सार्वजनिक यातायातमा मास्क अनिवार्य गरिएको छ। प्रधानमन्त्री पेड्रो सान्चेजले त्यसका लागि सार्वजनिक यातायातका प्रमुख स्थानहरुमा ६० लााख मास्क वितरण गरिने र थप ७० लाख मास्क स्थानीय अधिकारीहरुलाई बाँडिने जनाएका छन्।
यस्तै, ७ हप्तापछि वयस्क नागरिकहरुले पहिलोपटक शनिबारदेखि घरबाहिर व्यायाम गर्न अनुमति पाएका छन् भने एक हप्ताअघि नै १४ वर्षमुनिका बालबालिका लागि लकडाउन खुकुलो बनाइएको थियो।
अन्य युरोपेली मुलुकहरुले पनि बिस्तारै लकडाउन खुकुलो बनाउँदै लगेका छन्। फ्रान्समा सामाजिक दूरी कायमै छ भने अन्य मुलुकले पसल र सार्वजनिक यातायातमा मास्क अनिवार्य गरेका छन्।
बेलायतमा शनिबार ६२१ जनाको मृत्यु भएको थियो भने बढी प्रभावित इटाली, फ्रान्स र स्पेनमा भने मृत्यु हुनेको संख्या घट्दै गएको छ। फ्रान्स र इटालीमा २४ घण्टामा २ सयभन्दा कमको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।