एजेन्सी-भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२२३ पुगेको छ। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमितको संख्या ३६ हजार ५ सय ५२ पुगेको छ, जसमध्ये १ हजार १७ जना निको भएर घर फर्किइसकेका छन्।
सबैभन्दा बढी प्रभावित महाराष्ट्रमा ११ हजार ५ सय ६ जना संक्रमित भएका छन् भने ४८५जनाको मृत्यु भएको छ। यस्तै, दिल्लीमा ३ हजार ७ सय ३८ जना संक्रमित भएका छन्। त्यहाँ ६१ जनाको मृत्यु भएको छ।
अन्य बढी प्रभावित राज्यमा गुजरातमा २३६ को मृत्यु र ४७२१ संक्रमित, मध्यप्रदेशमा १४५ को मृत्यु र २७१९ संक्रमित, राजस्थानमा ६२ को मृत्यु र २६६६ संक्रमित, उत्तर प्रदेशमा ४३ को मृत्यु र २४५५ संक्रमित तथा आन्ध्रप्रदेशमा ३३ को मृत्यु र १५२५ संक्रमित भएका छन्।
कम प्रभावित राज्यमा मिजोरममा १ संक्रमित, त्रिपुरामा २, मणिपुरमा २, पुणुचेरीमा ८, गोवामा ७ र अरुणाचल प्रदेशमा १ संक्रमित रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।