एजेन्सी- बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या शनिबार करीब ९ हजार पुगेको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ।
विगत २४ घण्टामा थप ५ सय ५२ वृद्धि भई कूल सङ्क्रमितको सङ्ख्या ८ हजार ७ सय ९० पुगेको यहाँको स्वास्थ्य मन्त्रालयका उच्च अधिकारी प्राध्यापक नाजिमा सुल्तानाले शनिबार बताए। मन्त्रालयका अनुसार बङ्गलादेशमा विगत २४ घण्टामा थप पाँच सङ्क्रमितको मृत्यु भएको छ। कोभिड–१९का कारण मृत्यु हुनेको सङ्ख्या शनिबारसम्म १ सय ७५ पुगेको छ।
उनका अनुसार बङ्गलादेशमा विगत २४ घण्टामा ५ हजार ८ सय २७ कोरोना भाइरसका शङ्कास्पद बिरामीको नमूना परीक्षण गरिएको थियो।
अस्पताल स्रोतले दिएको जानकारीअनुसार सङ्क्रमितमध्ये शनिबारसम्ममा १ सय ७७ जना उपचारपछि निको भई घर फर्किएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।