काठमाडाैं- मलेसियामा गैरकानुनी रुपमा रहेका आप्रवासीलाई पक्राउ गर्न थालिएकाे छ। मलेसियाका प्रहरी प्रमुख अब्दुल हामिद बादोरले गैरकानुनी रुपमा रहेका विदेशी नागरिकलाई पक्राउ गरेर हिरासतमा राख्न थालेको बताए। कोरोना भाइरसको संक्रमण रोक्नका लागि सरकारले यस्तो कदम चालेको उनको भनाई छ।
मानव अधिकार समूहका अनुसार शुक्रबार क्वालालम्पुरमा ७ सयभन्दा धेरै मानिसलाई पक्राउ गरिएको छ। यसरी पक्राउ परेका म्यानमारका रोहिङ्ग्या शरणार्थी रहेका छन्। प्रहरी प्रमुखले उनीहरु खुला घुम्न नसक्ने र अहिले बसेको स्थान छोडे भने पत्ता लगाउन नसकिने बताएकाे बरनामा समाचार एजेन्सीले जनाएकाे छ।
रोहिङ्ग्यामाथि स्थानीयहरु आक्रोशित हुँदै आएका छन्। देशमा रहेका उनीहरुका कारण कोरोना भाइरस फैलिरहेको आरोप स्थानीयवासीहरुले लगाएपछि सरकारले खोजी तीव्र पारेका थियो। यसरी बसेका शरणार्थीहरु बाेझ भएको भन्दै सरकारको आलोचना भइरहेको थियो।
मलेसियामा कुल ६ हजार १ सय ७६ मानिस कोरोना संक्रमित छन्। यसमध्ये १०३ जनाले ज्यान गुमाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।