• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

नेकपा सचिवालय बैठक : कोरोना र बजेटको बाहना बनाउँदै ओली, राजीनामा माग्दै प्रचण्ड-नेपाल 

64x64
वीरेन्द्र ओली शनिबार, वैशाख २०, २०७७  १२:५१
1140x725

काठमाडौं-  शनिबार ४ बजे बस्ने नेकपा सचिवालय बैठकका लागि आ-आफ्नो रणनीति बनाउन मुख्य नेताहरु तल्लीन छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको कामकारबाहीबाट असन्तुष्ट समूह एकतिर छ भने अर्कोतिर ओली समर्थक छन्। यही बीचमा प्रधानमन्त्री ओलीले नयाँ प्रस्ताव ल्याएपछि शनिबारको बैठकलाई महत्त्वका साथ हेरिएको छ।

प्रधानमन्त्री ओलीले सम्भावित रणनीतिका विषयमा आफू निकट नेता र कानुन व्यवसायीसँग छलफल गरिरहेका छन्। शनिबार बिहानै ओलीले आफू निकट नेतालाई प्रधानमन्त्री निवासमा बोलाएर सचिवालय बैठकका सम्बन्धमा परामर्श गरे। प्रधानमन्त्री ओलीले विवादको अन्त्य गर्न अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाललाई फकाइरहेका छन्।

छुट्टाछुट्टै भेटेर दुई नेताको जुगलबन्दी टुटाउने प्रयास समेत जारी छ।  ओलीले प्रचण्ड र नेपाललाई आफ्नो पक्षमा पार्न संघका मन्त्री, प्रदेशका मुख्यमन्त्री फेरबदलदेखि लिएर सरकार सञ्चालनमा आफ्नो कार्यशैली परिवर्तन गर्नेसम्म बताइसकेका छन्। यी प्रयत्न सफल नभएपछि ओली शनिबारको बैठकमा नयाँ चाल चाल्न सक्ने सम्भावना छ।

पार्टीको सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटी र संसदमा समेत ओली अल्पमतमा रहेको ओली इतर समूहको दाबी छ। ओली भने आफू कमजोर नरहेको सन्देश अनेक तरिकाले दिइरहेका छन्।

सचिवालय बैठकमा ओलीले कोरोना महामारी र आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने चटारोलाई प्रस्तुत गर्ने बुझिएको छ। यी चटारो सकिएपछि स्थायी कमिटी बैठक बोलाएर बाँकी कुरा गर्ने प्रस्ताव ल्याउने उनको तयारी छ। यो रणनीत सफल भयो भने ओलीको राजीनामा र विरोध तत्कालका लागि टर्नेछ। यस्तो प्रस्ताव आउन सक्ने विषयमा प्रचण्ड-नेपाल समूह जानकार छ।

यी बाहनामा आफ्नो राजीनामा केही दिन पर धकेल्न सकियो भने माहोल आफ्नो पक्षमा पार्न सकिन्छ भन्ने प्रधानमन्त्री ओलीको बुझाइ छ। ओली निकट नेताहरु पनि यतिबेला महामारी र बजेट भएकाले राजीनामा माग्न र दिन नहुने बताउँछन्।

ओलीनिकट नेकपा स्थायी कमिटी सदस्य सत्यनाराण मडण्डल महामारीका बेला राजीनामा माग्नु अनैतिक कुरा भएको तर्क गर्छन्। कोराना महामारीका बेला सबै एकजुट भएर लाग्नुपर्नेमा उल्टै सरकार फेरबदलमा लाग्दा जनतामा राम्रो सन्देश नजाने उनको भनाई छ। कसैले लहडको भरमा माग्दैमा प्रधानमन्त्री ओलीले राजीनामा दिन नहुने उनले बताए।

उता अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव नेपाल पक्षका नेताहरुले शुक्रबार बेलुका कोटेश्वरमा भेलागरी प्रधानमन्त्रीको तत्काल राजीनामा माग्ने र स्थायी कमिटी बैठक बोलाएर छलफल गर्ने निष्कर्ष निकालेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

प्रधानमन्त्रीले राजीनामा दिन्छु भनिसकेकाले आज बस्ने सचिवालय वैठकले निर्णय गर्नुपर्ने माधव नेपाल निकट एक नेताले बताए। ‘हामीले भनेका होइन। उहाँले नै राजीनामा दिन्छु भन्नुभएको छ। आज बस्ने सचिवालय वैठकले निर्णय गर्नुपर्छ,’ उनले भने,  ‘होइन भने पार्टी कमिटी बैठकमा राजीनामा दिन्छु भन्ने फेरि दिन्न भन्न मिल्छ?  प्रधानमन्त्रीज्यूको आफ्नै कुराले झन घेराबन्दीमा पर्नुभएको छ।’

प्रचण्ड-नेपाल समूहका नेताहरुले प्रधानमन्त्रीको तत्काल राजीनामा गराएर पछि मात्रै प्रधानमन्त्रीको उम्मेदवार तय गर्ने योजनामा छ। शनिबार बस्ने सचिवालय बैठकले एउटा निकास दिनेगरी निर्णय गर्नुपर्ने स्थायी कमिटी सदस्य वेदुराम भुसालले बताए। तत्काल प्रधानमन्त्रीले निकास नदिए पार्टीमा थप विवाद बढ्न सक्ने उनको बुझाई छ।

प्रचण्ड-नेपाल समूह सचिवालयबाट राजीनामा गराएर स्थायी कमिटीबाट निर्णय गराउने रणनीतिमा लागेको छ। प्रधानमन्त्री ओली अनावश्यक रुपमा आफ्नो समूहमा खेल्न खोजेको उक्त समूहको बुझाई छ।
  
अर्को पार्टी फुटाउने गरी अध्यादेश ल्याउँदा पार्टीभित्रै ओलीको राजीनामा माग भएको हो। समाजवादी पार्टीलाई फुटाउन अध्यादेश ल्याइएको थियो भने उक्त पार्टीका सांसदलाई पार्टी फुटाउने योजनाअनुसार काठमाडौं ल्याइएको थियो। जसको पार्टीभित्र तीव्र बिरोध छ।

यसैगरी कोरोना नियन्त्रणका लागि मेडिकल सामग्री खरिद गर्दा ओलीनिकट केही मन्त्रीले भ्रष्टाचार गर्न खोजेको आरोप पनि लागेको थियो। सरकारले एकपछि अर्को विवादित काम गरेकाले राजीनामा निर्विकल्प भएको भुसालले बताए। ‘हामीले महामारीका बेला बैठक बस्ने समय भइसक्दा पनि यस्तो बेला बैठक बस्ने कुरा ठीक हुँदैन भनेर चुपचाप लागेर बसेका थियौं,’  भुसालले भने,  ‘प्रधानमन्त्रीज्यू आफैं अध्यादेश ल्याएर विवाद गर्ने सरकार आफैं अनियमिततामा मुछिन थालेपछि प्रधानमन्त्रीको राजीनामा मागेका हौं।’

Xtrem

Xtrem

विवादकै घानमा एमसीसी
लामो समयदेखि विवादित विषय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कार्यदलको प्रतिवेदन शुक्रबार सार्वजनिक भयो। पार्टीमा प्रधानमन्त्रीको प्रतिवेदन राजीनामा माग भइरहेकै बेला झलनाथ खनाल नेतृत्वको कार्यदलले सार्वजनिक गरेपछि थप अर्को विवाद सिर्जना गरिएको छ।

प्रधानमन्त्री ओलीलाई थप दबाबमा राख्न विवादका बीच एमसीसी प्रतिवेदन घान हालिएको छ। एमसीसी प्रतिवेदन प्रधानमन्त्रीको ईच्छा विपरित सर्वजनिक गरिएको भन्ने विषयमा परराष्ट्र मन्त्री प्रदीप ज्ञावलीले असहमति राखिसकेका छन्। एमसीसी प्रतिवेदनले पार्टीमा प्रचण्ड नेपाल समूह बलियो ओली समूहलाई कमजोर बनाउने देखिएको छ।

विवाद बढ्दै जाँदा चिनिया राजदूतको सक्रियता
नेकपामा नेताहरुबीच विवाद बढ्दै जाँदा चिनियाँ राजदुत होउ याङछीले शुक्रबार अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपाललाई निवासमै गई भेट गरेकी थिइन्।

प्रधानमन्त्री ओलीको कार्यशैलीलाई लिएर पार्टीमा राजीनामा माग गरेपछि चिनियाँ राजदूत सक्रिय भएकी हुन्। राजनीतिक अस्थिरता हुनेगरी सत्ता परिवर्तनको खेलमा नलाग्न सुझाव दिएको बुझिएको छ।

चिनिया राजदूतको सक्रियताले प्रधानमन्त्री ओलीलाई नै सहयोग पुगेको आकलन गरिएको छ।

प्रकाशित मिति: शनिबार, वैशाख २०, २०७७  १२:५१
  • #प्रचण्ड
  • #नेकपा
  • #सचिवालय
  • #ओली
  • #दल_फुटाउने_अध्यादेश
  • #विवाद
  • #राजीनामा
  • #माधव_नेपाल

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
कांग्रेस महाधिवेशन : सहमहामन्त्रीसहित पिछडिएको क्षेत्र र सुदूरपश्चिमका केन्द्रीय सदस्यको मतगणना आज कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार असोज २६ गते दिउँसो १२:३० बजेदेखि ललितपुरस्थित नेपाली कांग्रेस केन्द्रीय कार्यालय, बीपी स्... सोमबार, असोज २६, २०८३
कांग्रेस उपसभापतिमा पराजित भएपछि गोविन्द भट्टराईले भने:  अझै धेरै साथीको भरोसा जित्न बाँकी छ १५ औं महाधिवेशनमा उपसभापति (खुला) मा उम्मेदवार बनेका भट्टराईले पराजित भएपछि अझै धेरैको विश्वास जित्न आवश्यक रहेको बताएका हुन् । सोमबार, असोज २६, २०८३
कांग्रेस महाधिवेशन : खुला सहमहामन्त्रीमा रामहरि खतिवडाको अग्रता पछिल्लो मतपरिणामअनुसार रामहरि खतिवडा ९१७ मतसहित अग्रस्थानमा छन्। सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
१ हजार ४० किलो गाँजासहित एक युवक पक्राउ सोमबार, असोज २६, २०८३
कांग्रेस महाधिवेशन : सहमहामन्त्रीसहित पिछडिएको क्षेत्र र सुदूरपश्चिमका केन्द्रीय सदस्यको मतगणना आज सोमबार, असोज २६, २०८३
कांग्रेस उपसभापतिमा पराजित भएपछि गोविन्द भट्टराईले भने:  अझै धेरै साथीको भरोसा जित्न बाँकी छ सोमबार, असोज २६, २०८३
कांग्रेस महाधिवेशन : खुला सहमहामन्त्रीमा रामहरि खतिवडाको अग्रता सोमबार, असोज २६, २०८३
पदमा नरहेपनि पार्टी र जनताको सेवामा निरन्तर लागिरहनेछु : डा.सुनिल शर्मा सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
कांग्रेस सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना सुरु आइतबार, असोज २५, २०८३
विद्यालयको प्रधानाध्यापकमाथि कुटपिट गर्ने २ जना नियन्त्रणमा आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्