एजेन्सी–बेलायत सरकारले दैनिक १ लाख मानिसको कोरोना परीक्षण गर्ने लक्ष्य प्राप्त भएको जनाएको छ। शुक्रबार डाउनिङ स्ट्रीटमा आयोजित नियमित ब्रिफिङमा स्वास्थ्यमन्त्री म्याट ह्यानककले अप्रिल ३० का दिन १ लाख २२ हजार ३ सय ४७ जनाको परीक्षण गरिएको जानकारी दिएका हुन्।
जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार बेलायतमा १ लाख ७८ हजार ६ सय ८५ जनामा संक्रमण भएको छ भने २७ हजार ५ सय १० जनाको मृत्यु भएको छ।
बेलायतमा पछिल्लो २४ घण्टामा ६ हजार २ सय १ जना नयाँ संक्रमित भेटिएका छन्। मन्त्री ह्यानकुकले बेलायतमा महामारीले चरम विन्दु पार गरेको भन्दै नेशनल हेल्थ सर्भिस (एनएचएस) का रोकिएका सेवाहरु सुचारु गरिने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।