एजेन्सी-संयुक्त राष्ट्र संघका महासचिव एन्टाेनियाे गुटेरेसले कोरोना भाइरसको लडाइँमा विश्वस्तरमा देखिएको समन्वयको अभावलाई लिएर चिन्ता व्यक्त गरेका छन्।
बीबीसीसँग कुरा गर्दै उनले विश्व समुदाय कोरोना भाइरसको महामारीविरुद्ध एकजुट भएर नलड्नु निराशजनक भएको बताए। ‘सबै देश आ-आफ्नो रणनीतिका साथ काम गरिरहेका छन् , जबकि संक्रमण रोक्न ज्यादाभन्दा ज्यादा देश एक आपसमा मिलेर लडेमा झन् प्रभावकारी हुन्थ्यो ’ गुटेरेसले भने ‘ विश्वका बलिया देशहरुले पनि यो महामारीविरुद्ध एकसाथ छैनन् ।’
गुटेरसले यो विश्वका लागि आफ्नो अर्थ व्यवस्था पर्यावरणसँग टिकाउने चुनौती रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।