काठमाडौं- पैदल वा सवारी साधन प्रयोग गरेर १ घन्टाभित्रको दूरीमा एसइई परीक्षा केन्द्र बनाउन राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १०, ले सबै शिक्षा विकास तथा समन्वय इकाइलाई निर्देशन दिएको छ।
यसअघि तोकिएका परीक्षा केन्द्रमा उपकेन्द्र थप गरेर भएपनि यस्तो व्यवस्था गर्न र थप के कति उपकेन्द्र निर्धारण गर्नु पर्ने सोको विवरण पनिकामा पठाउन निर्देशन दिइएको हो।
उपकेन्द्र निर्धारण गर्नका लागि कम्तिमा ५० जना विद्यार्थी हुनैपर्ने‚ घरपायक हुनेगरी अर्थात पैदल वा सवारी साधन प्रयोग गरेर १ घण्टाभित्रको दूरीमा परीक्षा केन्द्र बनाउनुपर्ने‚ उपकेन्द्रमा शान्ति सुरक्षाको सुनिश्चितता हुनुपर्नेलगायतका मापदण्ड तोकिएका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।