काठमाडौं- सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी सुलभ अग्रवाललाई तारेखमा छोडेको छ।
बिहीबार विभागमा हाजिर भएपछि बयान लिएर अग्रवाललाई तारेखमा छोडिएको विभागका महानिर्देशक रूपनारायण भट्टराईले जानकारी दिए। 'हामीले बयान लिएर तारेखमा छोडेका छौं, लकडाउन खुलेपछि आवश्यक कारबाही अघि बढ्छ,' उनले भने।
चैत २५ गते थर्मल गन कालोबजारी गरेको आरोपमा पक्राउ परेका उनलाई बिहीबार नै जिल्ला अदालत काठमाडौंले २५ लाख ५० हजार रुपैयाँ धरौटी लिएर छोड्ने आदेश दिएको थियो।
अदालतले छाड्ने आदेश दिएलगत्तै सम्पत्ति शुद्धीकरणले उनलाई नियन्त्रणमा लिएको थियो। सम्पत्ति शुद्धीकरणले पनि उनलाई जिल्ला अदालतकै बराबर अर्थात् २५ लाख ५० हजार रुपैयाँ धरौटी राखेर छाड्ने आदेश दिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।