काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टीले रणनीति र कार्यनीतिमा परिवर्तन गरेको भए पनि वैचारिक दृष्टिकोण र सिद्धान्तमा परिवर्तन नगरेको बताएका छन्।
राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको बुधबार आयोजित भेलामा उनले चुनावमा पार्टीले पराजय भोगेको भए पनि प्रजातन्त्र र हिन्दु राष्ट्रको मान्यतामा आधारित संवर्द्धनात्मक विचारमा प्रस्ट हुनुपर्ने बताए।
अध्यक्ष थापाले प्रजातान्त्रिक विधि र मान्यताबाट पार्टीका विचारलाई स्थापित गरिने उल्लेख गर्दै देश विकासका लागि भ्रष्टाचार अहिले मुख्य चुनौती भएको हुँदा यसको विरुद्धमा आफूहरुले देशभर गतिविधि सञ्चालन गर्ने जानकारी दिए।
पार्टीका उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री राजेन्द्र लिङ्देन लगायतले अब मुलुकको विकासका लागि आवश्यक पर्ने जनशक्ति विकास गर्नुपर्ने र गुणस्तरीय एवं प्राविधिक शिक्षामा केन्द्रित हुनुपर्नेमा जोड दिए।
उक्त सम्मेलनमा ७२ जिल्लाका ३५० प्रतिनिधि सहभागी थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।