संखुवासभा- नेकपा (एमाले) का सचिव योगेश भट्टराईले ताप्लेजुङ क्षेत्रलाई नेपालकै उत्कृष्ट पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
तिनजुरे गुफा पदयात्रा महोत्सवको चैनपुर नगरपालिकामा सम्बोधन गर्दै नेता भट्टराईले ताप्लेजुङ, तेह्रथुम र संखुवासभा क्षेत्रभित्र रहेका ३ सयभन्दा बढी पोखरीको संरक्षण गर्ने पहिलो योजना रहेको बताए।
सचिव भट्टराईले पाथिभरा क्षेत्रमा जाने पर्यटक तेह्रथुम र संखुवासभा नभई अन्य स्थानबाट जाने हुँदा ताप्लेजुङ जिल्लाको विकास हुन नसकेको भनाइ राखे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।