काठमाडौं- निर्वाचन आयोगले बैसाखको पहिलो साताबाट सम्पूर्ण क्षेत्रीय तथा जिल्ला निर्वाचन कार्यालयमा मतदाता नामावली संकलन सुरु गर्ने भएको छ।
आयोगले बैसाख २ गतेबाट सबै जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावली संकलन गर्ने तथा नामावलीमा रहेका मतदाताको विवरण अद्यावधिक गर्ने कार्यक्रम सञ्चालन गर्न लागेको हो।
प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवको अध्यक्षमा बसेको आयोग पदाधिकारी बैठकले मतदाता नामावली संकलन तथा अद्यावधिक गर्न सम्बन्धित सबैमा आग्रह समेत गरेको छ। स्थानीय, प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएसँगै आयोगले नामावली संकलन र अद्यावधिकलाई अगाडि बढाउने निर्णय गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।