काठमाडौं–चीनका विभिन्न संस्थाले नेपाललाई मेडिकल मास्क सहयोग गरेका छन्।
नेपालस्थित चिनियाँ दूतावासका अनुसार हेनान प्रान्तको बुद्धिस्ट एसोसियसन, सेन्झेंन सहरको होङ्फा मन्दिर र लुम्बिनीमा रहेको चिनियाँ मन्दिरले संयुक्त रुपमा उक्त सहयोग प्रदान गरेका हुन्।
सहयोगमा २ लाख डिस्पोजेबल मेडिकल मास्क र १० हजार केएन–९५ मास्क रहेका छन्।
उक्त सामग्री स्वाथ्य तथा जनसंख्या मन्त्रालयलाई बिहीबार हस्तान्तरण गरिएको दूतावासले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।