एजेन्सी–कोरोना भाइरसका कारण भएको मृत्युमा बेलायतले स्पेनलाई समेत पछाडि पारेको छ।
जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार बेलायतमा २६ हजार ९७ जनाको मृत्यु भएको छ। जबकि स्पेनमा २४ हजार २ सय ७५ को मृत्यु भएको छ।
बेलायतमा संक्रमितको संख्या १ लाख ६६ हजार ४ सय ४१ पुगेको छ। त्यहाँ २४ घण्टामा ७ सय ९५ को मृत्यु भएको थियो। अस्पताल भर्ना हुनेहरुको संख्यामा भने कमी आएको अधिकारीहरुले जनाएका छन्।
संक्रमितको संख्यामा अमेरिका अगाडि छ। त्यहाँ १० लाख ३८ हजार ४ सय ५१ संक्रमित पुगेका छन् भने २ लाख ३८ हजार ६ सय ९९ संक्रमित भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।