नयाँ दिल्ली-भारत केरलाकाे वयानाद प्रहरीले मास्क नलगाई सार्वजनिक स्थलमा हिँड्नेलाई ५ हजार रुपैयाँ जरिवाना गरिने जनाएको छ।
वयानाद प्रहरी प्रमुखले बुधबार सो जानकारी दिएका हुन्। केरला प्रहरी ऐनमा भएको व्यवस्थाअनुसार मास्क नलगाउने सबै नागरिकलाई यो कानुनबमोजिम जरिवाना गराइने उनले जनाएका छन्।
यस कानुनअनुसार सर्वसाधारण नागरिकमात्र नभएर त्यहाँका पसले तथा सबै नागरिकलाई जरिवाना गरिने बताइएको छ।
पसलमा आउने सबै ग्राहकलाई पनि स्यानिटाइजर उपलब्ध गराउनुपर्ने तथा दूरी कायम गरेर पसल सञ्चालन गर्नुपर्ने नियम पनि बनाइएको केरला प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।