काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्नि सापकोटाबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्री ओलीसँग भेटवार्ताका लागि सभामुख सापकोटा बुधबार बिहान प्रधानमन्त्री निबास बालुवाटार पुगेका थिए।
दुवैबीच तीन विषयमा छलफल भएको सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए। उनका अनुसार, संघीय संसदको बजेट ( वर्षे) अधिवेशन बोलाउने विषय, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको विषय तथा नीति तथा कार्यक्रमको विषयमा छलफल भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।