विराटनगर–प्रदेश १ को प्रदेशसभाले संसदमा ७ वटा विषयगत समिति बनाउने निर्णय गरेको छ।
प्रदेशसभा सञ्चालन नियमावली अनुसार ७ वटा संसदीय समिति गठन गरिएको हो।
बैठकले न्याय, प्रशासन तथा विधायन, सुशासन तथा योजना, अर्थ समिति र सार्वजनिक लेखा, सामाजिक विकास, उद्योग पर्यटन तथा वातावरण र प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समिति गठन गरेको छ।
प्रदेश सरकारका मन्त्रीहरु र सभामुख तथा उपसभामुखबाहेक सबै सांसद संसदीय समितिमा रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।