• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, माघ १३, २०८२ Tue, Jan 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

‘कल्पनाबाहिर दर्शकबिनाको क्रिकेट’

64x64
ऋग्वेद शर्मा शुक्रबार, वैशाख १२, २०७७  १३:४९
1140x725

काठमाडौं- सचिन तेन्दुलकर शुक्रबार ४७ वर्ष लागे। तर अहिले जन्मदिनको उत्सव र खुसी मनाउने बेला छैन। खुसी हुन सक्ने अवस्था नै कहाँ छ र! कोरोना भाइरस (कोभिड १९) का कारण मुम्बइमा घरभित्र नै रहेका तेन्दुलकरको जन्मदिन पनि सामाजिक सञ्जालसम्म मात्रै रह्यो। कसैसँग पनि भेटघाट बिना। 

१५ मार्च यताको दिनचर्यामा तेन्दुलकर र घरभित्रै रहिरहेका अरुबीच खास फरक छैन। शारीरिक दुरी बनाउनुपर्ने यो अवस्थामा बाहिर निस्कन नमिलेकोमा धेरै दुःखी हुन मिल्ने पनि छैन। केही सामान आवश्यक पर्दा किन्नकै लागि बाहेक अरु त बाहिर पनि किन निस्कनु र। तर तेन्दुलकरलाई पुराना साथीहरुसँगको भेटघाट, बेलाबेला खेलिने गल्फ र ब्याडमिन्टन भने खुब याद आइरहेको छ। 

अहिले घरभित्रै रहेको समय आफ्ना पुुराना दिनको सम्झना र आउने दिनका योजना बनाउन केही महत्वपूर्ण हुनसक्छ। र सबैभन्दा बढी त क्रिकेट सामान्य जीवनमा फर्किएपछि कस्तो होला भन्ने अनुमान। खेलाडीहरुलाई नै त बाध्यत्मक रुपमा अफ सिजन बिताउन परिरहेको छ। यो सबै सक्किएपछि मैदानमा उस्तै लयका साथ खेल्नुपर्ने चुनौती पनि छँदैछ। त्यसैका लागि लकडाउनमा पनि फिटनेसका लागि मिल्दो सबै काम गरिरहनु नै छ। 

तर तेन्दुलकर भने यो परिस्थितिबाट बाहिर निस्किएपछि पनि क्रिकेटमा त्यस्तो ठूलो अन्तर केही नहुने बताउँछन्– ‘मलाई व्यक्तिगत रुपमा के लाग्छ भने योपछि क्रिकेटमा त्यस्तो ठूलो भिन्नता हुने छैन। तर मैले बन्द स्टेडियममा खेल गर्नेबारेको कुरा भने बुझेको छैन।’ 

‘खेलाडीहरुले सबैभन्दा धेरै उर्जा पाउने नै दर्शकमार्फत हो। यदि भारतले कुनै महत्वपूर्ण खेल जितेको छ भने त्यसको खुसी मनाउन तपाइँको वरिवरि दर्शकहरु हुन् भन्ने चाहना सबैको हुन्छ। तर स्टेडियममा नै कोही छैनन् भने अवस्था कस्तो होला? कसैलाई पनि जितको महत्व कम हुनेछ। त्यस्तोमा मैदानमा नै रहेका खेलाडीहरुले के सोच्लान्?’ तेन्दुलकरले भनेका छन्। 

यो पनि पढ्नुहोस्

कीर्तिपुर मैदानमा सचिन... सचिन!शनिबार, कात्तिक ३०, २०७६

तेन्दुलकरका अनुसार कम्तिमा अन्तर्राष्ट्रिय खेलहरुमा ती जीवन्त दर्शक अपरिहार्य हुन्। भन्छन्– ‘तपाइँ कल्पना गर्न सक्नुहुन्छ, विमबल्डनमा रोजर फेडेरर र राफेल नाडाल कोर्टको बीचमा खेलिरहेका छन् र वरिपरि दर्शक हुने सबै ठाउँ खाली छ। यस्तो खेल हेर्नु त असाध्यै अनौठो हुनेछ। क्रिकेटमा मात्रै होइन हरेक खेलमा दर्शकको त्यो उर्जाको आवश्यकता पर्छ।’ 

वानखेडे स्टेडियमबाट भावुक बिदाइ भएको सात वर्ष बितिसक्दा तेन्दुलकर स्वयम पनि मैदानमा एक खेलाडी र दर्शकको त्यो उर्जाबाट अहिले त पर नै छन्। उनी छँदा र अहिले क्रिकेटमा नै भएका केही परिवर्तनसँगै टी ट्वान्टी खेलको बढ्दो प्रयोगले दर्शक–खेलाडी बीचको सम्बन्ध अझ नजिक जस्तो भइरहेको छ। 

Ncell 2
Ncell 2

तेन्दुलकर स्वयमलाई भने अहिलेको क्रिकेटबाट पनि आफू उति पर छु जस्तो लाग्दैन। ‘वर्तमान क्रिकेटमा पनि मैले आफूलाई उसैगरी बढाइरहेको छु। अहिलेको परिस्थितिसँग जानकार छु। त्यस्तो केही परिवर्तन भएको छ भन्ने लाग्दैन’, उनी भन्छन्, ‘भइरहेका कुराहरुमा भन्दा बढी उस्तो केही गर्नुपर्छ जस्तो पनि लाग्दैन। किनभने उही तरिकाले नै सबै कुरा अगाडि बढिरहेको छ। बाउन्ड्री लाइन पनि उही ७० यार्ड नै त हो। अवस्था र मैदानअनुसार खेलमा गर्नुपर्ने फरक कुरा त छँदैछ।’

क्रिकेटमा सम्हालिएर लामो समय बस्नुपर्ने गुण र आधुनिक क्रिकेटपछि विकास भएका केही नियममा पनि खेलमा आफ्नोतर्फबाट केही नयाँ कुरा गर्न सकिन्छ कि भन्ने खोजी भने भइरहनु पर्दछ। ‘जस्तो कि बलरले कसरी स्लो बलमा पनि बाउन्सर फाल्न थाले, वाइड योर्कर जस्ता अरु धेरै कुराको खोजी भएको छ। ब्याट्सम्यानको पनि उस्तै नै हो। यस्ता कुरामा आठ दश वर्ष अगाडि भन्दा अहिले केही फरक त भइसकेको छ। खेलको डिमान्डअनुसार यस्ता कुराहरु फेरिँदै पनि जान्छन्।’

सन् १९९९–२००० तिर नै जिम्बावेका एन्डी फ्लावरको रिभर्स स्वीप सट हेर्दा तेन्दुलकरलाई लाग्थ्यो उनी अरु खेलाडीहरुभन्दा दश वर्ष अघि छन्। अहिलेको अवस्थामा हेर्दा तेन्दुलकरको त्यो सोच सही थियो र फ्लावर नयाँ क्रिकेट सटको आविस्कार जस्ता लागिरहेका छन्।

आफ्नो सन्यासपछि क्रिकेटमा भएका परिवर्तन के हुन् भन्ने विषयमा तेन्दुलकर दुईवटा कुरालाई प्रमुख गरी हेर्छन्। एउटा त अम्पायरको ‘डिसिजन रिभ्यू’ गर्न पाउने सुविधाहरु, अर्को त सन् २०१० ताका आएको पावरप्लेबाहेकका ओभरमा चार फिल्डर रिङबाहिर रहन पाउने नियम र एकदिवसीयमा प्रयोग गर्न पाइने दुईवटा नयाँ बलको सुविधा। 

‘डिसिजन रिभ्यू’ को सुविधाले कठीन समयमा खेलाडी आउट नहुँदा दिइने आउट र आउट हुँदा पनि नदिइने आउटका केही समस्याहरु समाधान गर्न सहयोग पुगेको छ। 

दुईवटा नयाँ बलको प्रयोगले त खेलमा आउने भिन्नता अझ ठूलो छ। बलको स्वीङ र स्पीडमा पनि बल नयाँ बल र पुरानो बलले त धेरै फरक पारिनै हाल्दछ। फिल्डरको पोजिसनले पार्ने फरक त अझ विशेष रहन्छ। 

तेन्दुलकरका यी सबै कुराहरु किन पनि विशेष छन् भने विश्व क्रिकेटमा उनी जस्ता ब्याट्सम्यान कमै हुन्छन्। तेन्दुलकरका क्रिकेट कीर्तिमानकै मात्र पनि चर्चा गर्ने हो भने धेरै लामा विषयहरु जोडिँदै जान्छन्। अहिलेलाई एउटा विषय सम्झौँ– तेन्दुलकर एकदिवसीय क्रिकेटमा दुई सय रन बनाउने पहिलो ब्याट्सम्यान हुन्, त्यो पनि आजभन्दा दश वर्ष पहिले जतिबेला उनी ३७ वर्षका थिए। त्यसपछि अहिलेसम्म अरु पाँच ब्याट्सम्यानले मात्र दुई सय रनको आँकडा कटाएका छन्। 

‘हामी जहिले युवा खेलाडीहरुका बारेमा कुरा गरिरहेका हुन्छौँ त्यहाँ धेरै नामहरु छन्, जस्तो कि पृथ्वी शो, शुभम गिल, सन्जु सामसङ जस्ता खेलाडीहरु भिन्न छन्। जस्तो कि हामी खेल्ने समयमा पनि मभन्दा राहुल द्रविड भिन्न थिए। सौरभ गांगुली थिए। लक्ष्मण थिए। यस्तै अहिलेको खेलाडीमा पनि देखिन्छ नै’ तेन्दुलकरले भने। 

अहिले क्रिकेट ठप्प भएको यो समयमा त क्रिकेटका ती पुराना दिनको सम्झना अझ विशेष बनिरहेको छ। यस्तै जीवन्त घटनाहरु सम्झिएर नै क्रिकेटमा अगाडिका दिनको योजना बनाउन नयाँ खेलाडीहरुलाई पनि हौसला मिल्छ। क्रिकेट पक्कै पनि फर्किनेछ। आफ्नै पुरानो शैलीमा नै। त्यसमा परिवर्तनका केही गुणहरु त समयसँगै थपिने नै छन्। त्यससँगै जन्मिने छन् नयाँ स्टार खेलाडीहरु। 

(यो सामग्री इएसपिएन क्रिकइन्फोमा आधारित रहेर तयार पारिएको हो।)
 

प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०७७  १३:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ऋग्वेद शर्मा
नेपाल लाइभका वरिष्ठ संवाददाता शर्मा खेलकुद, फिचर र फोटो पत्रकारितामा रुचि राख्छन्।
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
महिला टी-२० विश्वकप ग्लोबल छनोट: स्कटल्यान्डसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरियो नेपाल समूह चरणमा नेपालले एक खेलमा मात्रै जित निकाल्न सक्यो । सोमबार, माघ १२, २०८२
महिला टी–२० ग्लोबल छनोट: स्कटल्यान्डद्वारा नेपालले पायो १४१ रनको लक्ष्य कसिलो सुरुवात गरे पनि नेपालले अन्तिमतिर कमजोर फिल्डिङका कारण चुनौतीपूर्ण लक्ष्य पाएको हो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको स्क... सोमबार, माघ १२, २०८२
महिला टी–२० विश्वकप छनोट, स्कटल्यान्डसँग आज निर्णायक खेल दुवै टोलीका लागि आजको खेल सुपर सिक्सका लागि महत्त्वपूर्ण छ । यद्यपि नेपालका लागि भने स्कटल्यान्डलाई जितेर मात्रै पुग्दैन । जिम्बावेम... सोमबार, माघ १२, २०८२
ताजा समाचारसबै
रास्वपाका पूर्व सांसद श्रेष्ठ श्रम संस्कृति पार्टीमा प्रवेश, हर्क साम्पाङले गरे स्वागत मंगलबार, माघ १३, २०८२
पुराना सहकर्मीहरुलाई एकतामा आउन प्रचण्डको आह्वान, नयाँ दल विचारभन्दा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम गरिरहेको टिप्पणी मंगलबार, माघ १३, २०८२
युरोपेली युनियनद्वारा रूसी ग्यासमा प्रतिबन्ध मंगलबार, माघ १३, २०८२
सहायक सिडियो र कोष नियन्त्रक तोकिए निर्वाचन आचारसंहिता अनुगमन अधिकृत मंगलबार, माघ १३, २०८२
सर्लाही पुगेर गगन थापाले भने- नेता होइन, बेटा बन्न आएको हुँ मंगलबार, माघ १३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेन शाहविरुद्ध निर्वाचन आयोगमा उजुरी सोमबार, माघ १२, २०८२
प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण मंगलबार, माघ १३, २०८२
नेपाल-साउदी श्रम सम्झौतामा हस्ताक्षर सोमबार, माघ १२, २०८२
अमेरिकामा भीषण हिमआँधी : तीन जनाको मृत्यु, १० लाख घरमा अन्धकार सोमबार, माघ १२, २०८२
कांग्रेस सभापति गगन थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ जाँदै सोमबार, माघ १२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्