• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

‘कल्पनाबाहिर दर्शकबिनाको क्रिकेट’

64x64
ऋग्वेद शर्मा शुक्रबार, वैशाख १२, २०७७  १३:४९
1140x725

काठमाडौं- सचिन तेन्दुलकर शुक्रबार ४७ वर्ष लागे। तर अहिले जन्मदिनको उत्सव र खुसी मनाउने बेला छैन। खुसी हुन सक्ने अवस्था नै कहाँ छ र! कोरोना भाइरस (कोभिड १९) का कारण मुम्बइमा घरभित्र नै रहेका तेन्दुलकरको जन्मदिन पनि सामाजिक सञ्जालसम्म मात्रै रह्यो। कसैसँग पनि भेटघाट बिना। 

१५ मार्च यताको दिनचर्यामा तेन्दुलकर र घरभित्रै रहिरहेका अरुबीच खास फरक छैन। शारीरिक दुरी बनाउनुपर्ने यो अवस्थामा बाहिर निस्कन नमिलेकोमा धेरै दुःखी हुन मिल्ने पनि छैन। केही सामान आवश्यक पर्दा किन्नकै लागि बाहेक अरु त बाहिर पनि किन निस्कनु र। तर तेन्दुलकरलाई पुराना साथीहरुसँगको भेटघाट, बेलाबेला खेलिने गल्फ र ब्याडमिन्टन भने खुब याद आइरहेको छ। 

अहिले घरभित्रै रहेको समय आफ्ना पुुराना दिनको सम्झना र आउने दिनका योजना बनाउन केही महत्वपूर्ण हुनसक्छ। र सबैभन्दा बढी त क्रिकेट सामान्य जीवनमा फर्किएपछि कस्तो होला भन्ने अनुमान। खेलाडीहरुलाई नै त बाध्यत्मक रुपमा अफ सिजन बिताउन परिरहेको छ। यो सबै सक्किएपछि मैदानमा उस्तै लयका साथ खेल्नुपर्ने चुनौती पनि छँदैछ। त्यसैका लागि लकडाउनमा पनि फिटनेसका लागि मिल्दो सबै काम गरिरहनु नै छ। 

तर तेन्दुलकर भने यो परिस्थितिबाट बाहिर निस्किएपछि पनि क्रिकेटमा त्यस्तो ठूलो अन्तर केही नहुने बताउँछन्– ‘मलाई व्यक्तिगत रुपमा के लाग्छ भने योपछि क्रिकेटमा त्यस्तो ठूलो भिन्नता हुने छैन। तर मैले बन्द स्टेडियममा खेल गर्नेबारेको कुरा भने बुझेको छैन।’ 

‘खेलाडीहरुले सबैभन्दा धेरै उर्जा पाउने नै दर्शकमार्फत हो। यदि भारतले कुनै महत्वपूर्ण खेल जितेको छ भने त्यसको खुसी मनाउन तपाइँको वरिवरि दर्शकहरु हुन् भन्ने चाहना सबैको हुन्छ। तर स्टेडियममा नै कोही छैनन् भने अवस्था कस्तो होला? कसैलाई पनि जितको महत्व कम हुनेछ। त्यस्तोमा मैदानमा नै रहेका खेलाडीहरुले के सोच्लान्?’ तेन्दुलकरले भनेका छन्। 

यो पनि पढ्नुहोस्

कीर्तिपुर मैदानमा सचिन... सचिन!शनिबार, कात्तिक ३०, २०७६

तेन्दुलकरका अनुसार कम्तिमा अन्तर्राष्ट्रिय खेलहरुमा ती जीवन्त दर्शक अपरिहार्य हुन्। भन्छन्– ‘तपाइँ कल्पना गर्न सक्नुहुन्छ, विमबल्डनमा रोजर फेडेरर र राफेल नाडाल कोर्टको बीचमा खेलिरहेका छन् र वरिपरि दर्शक हुने सबै ठाउँ खाली छ। यस्तो खेल हेर्नु त असाध्यै अनौठो हुनेछ। क्रिकेटमा मात्रै होइन हरेक खेलमा दर्शकको त्यो उर्जाको आवश्यकता पर्छ।’ 

वानखेडे स्टेडियमबाट भावुक बिदाइ भएको सात वर्ष बितिसक्दा तेन्दुलकर स्वयम पनि मैदानमा एक खेलाडी र दर्शकको त्यो उर्जाबाट अहिले त पर नै छन्। उनी छँदा र अहिले क्रिकेटमा नै भएका केही परिवर्तनसँगै टी ट्वान्टी खेलको बढ्दो प्रयोगले दर्शक–खेलाडी बीचको सम्बन्ध अझ नजिक जस्तो भइरहेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

तेन्दुलकर स्वयमलाई भने अहिलेको क्रिकेटबाट पनि आफू उति पर छु जस्तो लाग्दैन। ‘वर्तमान क्रिकेटमा पनि मैले आफूलाई उसैगरी बढाइरहेको छु। अहिलेको परिस्थितिसँग जानकार छु। त्यस्तो केही परिवर्तन भएको छ भन्ने लाग्दैन’, उनी भन्छन्, ‘भइरहेका कुराहरुमा भन्दा बढी उस्तो केही गर्नुपर्छ जस्तो पनि लाग्दैन। किनभने उही तरिकाले नै सबै कुरा अगाडि बढिरहेको छ। बाउन्ड्री लाइन पनि उही ७० यार्ड नै त हो। अवस्था र मैदानअनुसार खेलमा गर्नुपर्ने फरक कुरा त छँदैछ।’

क्रिकेटमा सम्हालिएर लामो समय बस्नुपर्ने गुण र आधुनिक क्रिकेटपछि विकास भएका केही नियममा पनि खेलमा आफ्नोतर्फबाट केही नयाँ कुरा गर्न सकिन्छ कि भन्ने खोजी भने भइरहनु पर्दछ। ‘जस्तो कि बलरले कसरी स्लो बलमा पनि बाउन्सर फाल्न थाले, वाइड योर्कर जस्ता अरु धेरै कुराको खोजी भएको छ। ब्याट्सम्यानको पनि उस्तै नै हो। यस्ता कुरामा आठ दश वर्ष अगाडि भन्दा अहिले केही फरक त भइसकेको छ। खेलको डिमान्डअनुसार यस्ता कुराहरु फेरिँदै पनि जान्छन्।’

सन् १९९९–२००० तिर नै जिम्बावेका एन्डी फ्लावरको रिभर्स स्वीप सट हेर्दा तेन्दुलकरलाई लाग्थ्यो उनी अरु खेलाडीहरुभन्दा दश वर्ष अघि छन्। अहिलेको अवस्थामा हेर्दा तेन्दुलकरको त्यो सोच सही थियो र फ्लावर नयाँ क्रिकेट सटको आविस्कार जस्ता लागिरहेका छन्।

आफ्नो सन्यासपछि क्रिकेटमा भएका परिवर्तन के हुन् भन्ने विषयमा तेन्दुलकर दुईवटा कुरालाई प्रमुख गरी हेर्छन्। एउटा त अम्पायरको ‘डिसिजन रिभ्यू’ गर्न पाउने सुविधाहरु, अर्को त सन् २०१० ताका आएको पावरप्लेबाहेकका ओभरमा चार फिल्डर रिङबाहिर रहन पाउने नियम र एकदिवसीयमा प्रयोग गर्न पाइने दुईवटा नयाँ बलको सुविधा। 

‘डिसिजन रिभ्यू’ को सुविधाले कठीन समयमा खेलाडी आउट नहुँदा दिइने आउट र आउट हुँदा पनि नदिइने आउटका केही समस्याहरु समाधान गर्न सहयोग पुगेको छ। 

दुईवटा नयाँ बलको प्रयोगले त खेलमा आउने भिन्नता अझ ठूलो छ। बलको स्वीङ र स्पीडमा पनि बल नयाँ बल र पुरानो बलले त धेरै फरक पारिनै हाल्दछ। फिल्डरको पोजिसनले पार्ने फरक त अझ विशेष रहन्छ। 

तेन्दुलकरका यी सबै कुराहरु किन पनि विशेष छन् भने विश्व क्रिकेटमा उनी जस्ता ब्याट्सम्यान कमै हुन्छन्। तेन्दुलकरका क्रिकेट कीर्तिमानकै मात्र पनि चर्चा गर्ने हो भने धेरै लामा विषयहरु जोडिँदै जान्छन्। अहिलेलाई एउटा विषय सम्झौँ– तेन्दुलकर एकदिवसीय क्रिकेटमा दुई सय रन बनाउने पहिलो ब्याट्सम्यान हुन्, त्यो पनि आजभन्दा दश वर्ष पहिले जतिबेला उनी ३७ वर्षका थिए। त्यसपछि अहिलेसम्म अरु पाँच ब्याट्सम्यानले मात्र दुई सय रनको आँकडा कटाएका छन्। 

‘हामी जहिले युवा खेलाडीहरुका बारेमा कुरा गरिरहेका हुन्छौँ त्यहाँ धेरै नामहरु छन्, जस्तो कि पृथ्वी शो, शुभम गिल, सन्जु सामसङ जस्ता खेलाडीहरु भिन्न छन्। जस्तो कि हामी खेल्ने समयमा पनि मभन्दा राहुल द्रविड भिन्न थिए। सौरभ गांगुली थिए। लक्ष्मण थिए। यस्तै अहिलेको खेलाडीमा पनि देखिन्छ नै’ तेन्दुलकरले भने। 

अहिले क्रिकेट ठप्प भएको यो समयमा त क्रिकेटका ती पुराना दिनको सम्झना अझ विशेष बनिरहेको छ। यस्तै जीवन्त घटनाहरु सम्झिएर नै क्रिकेटमा अगाडिका दिनको योजना बनाउन नयाँ खेलाडीहरुलाई पनि हौसला मिल्छ। क्रिकेट पक्कै पनि फर्किनेछ। आफ्नै पुरानो शैलीमा नै। त्यसमा परिवर्तनका केही गुणहरु त समयसँगै थपिने नै छन्। त्यससँगै जन्मिने छन् नयाँ स्टार खेलाडीहरु। 

(यो सामग्री इएसपिएन क्रिकइन्फोमा आधारित रहेर तयार पारिएको हो।)
 

प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०७७  १३:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ऋग्वेद शर्मा
नेपाल लाइभका वरिष्ठ संवाददाता शर्मा खेलकुद, फिचर र फोटो पत्रकारितामा रुचि राख्छन्।
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
एनपीएलमा पहिलोपटक डीआरएस प्रयोगमा ल्याउने तयारी नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलोपटक ‘डिसिजन रिभ्यु सिस्टम’ (डीआरएस) प्रविधि प्रयोगमा ल्याउने तयारी... आइतबार, असोज ४, २०८३
एनपीएल–३ को सेड्यूल सार्वजनिक, लुम्बिनी र सदुरदपश्चिमबीच कात्तिक ९ गते पहिलो खेल सार्वजनिक तालिका अनुसार पहिलो खेल डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र दोस्रो भएको सुदूरपश्चिम रोयल्सबीच कात्तिक १० गते सोमबार हुन... शनिबार, असोज ३, २०८३
एसियन गेम्स खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ बिदाइ कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै कप्तान दीपेन्द्रसिंह ऐरीले यसअघि एसियन गेम्समा खेलेको अनुभव टोलीसँग रहेको र यसपटक पनि रा... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्